• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हिन्दु संस्कारभित्र लुकेका १० वैज्ञानिक कारण

  • वीरगंज संजाल
  • ७ भाद्र २०७७, आईतवार ०४:२२
  • ३८४५

    नमस्कार पूर्वीय संस्कार हाे। अहिले काेराेना भाइरसकाे संक्रमणकाे जाेखिमका कारण पश्चिमाहरुले पनि नमस्कार गरेकाे खबर बाहिरिन थालेका छन्। तर पूर्वीय संस्कार मान्नेहरु दुई हात जाेडेर एकअर्कालाई अभिवादन गर्छन्।

    हिन्दु संस्कारभि यस्ता धेरै कुरा लुकेका छन्, जाेसँग वैज्ञानिक कारण जाेडिन्छ। आज हामी तपाईँलाई यस्ता १० उदाहरणबारे जानकारी दिने छाैं

    १.नमस्कारको चलन : हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ। यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ।

    तर वैज्ञानिक रूपमा भन्नुपर्दा दुवै हात जोड्नाले सबै औँलाका टुप्पा जोडिन पुग्छन् र तिनले आँखा, कान र दिमागका चाप विन्दुहरूलाई जनाउँछन्। ती सबैलाई एकैचोटि दबाउँदा चाप विन्दुहरू सक्रिय हुन्छन् जसका कारण हामीले अभिवादन गरिएको व्यक्तिलाई लामो समयसम्म सम्झन मद्दत पुग्छ। अनि कुनै शारीरिक सम्पर्क नभएकाले कीटाणु सर्ने पनि भएन।

    २. महिलाले गोडाका औँलामा औंठी लगाउने चलन : भारतीय हिन्दु महिलाहरूले आफ्नो  गोडाको औँलामा औँठी लगाउने गर्छन्। यो विवाहित महिलाको विशेषता मात्र नभएर यसका पछाडि वैज्ञानिक कारण पनि छ। सामान्यतया औँलामा औँठी दोस्रो औँलामा लगाइन्छ। दोस्रो औँलामा रहेको एक विशेष नसाले गर्भाशयलाई जोड्छ र त्यो मुटुमा पुग्छ।

    यो औँलामा औँठी लगाउँदा गर्भाशय मजबुत हुन्छ। यसले रक्त प्रवाहलाई नियमित गरेर स्वस्थ बनाउँछ र महिनावारीलाई नियमित बनाउँछ। यो औँठी चाँदीको हुने हुनाले यसले पृथिवीबाट ध्रुवीय ऊर्जालाई सोस्छ र शरीरमा पठाउँछ।

    ३. नदीमा सिक्का फ्याक्ने चलन : नदीमा सिक्का फाल्दा सौभाग्य प्राप्त हुन्छ भन्ने कारण प्रायः दिइन्छ। तर वैज्ञानिक तवरले भन्नुपर्दा प्राचीन समयमा प्रयोग गरिने अधिकांश मुद्राहरू तामाबाट बनेका हुन्थे, अहिलेको जस्तो स्टिलबाट हैन। तामा मानव शरीरका लागि अत्यन्त उपयोगी धातु हो।

    पहिले नदी मात्र जलको स्रोत भएकाले पानी पिउँदा हाम्रो शरीरले पर्याप्त मात्रामा तामा पनि लिन सकोस् भनी सुनिश्चित गर्नका लागि हाम्रा पुर्खाले तामा फाल्न लगाएका हुन्। यो अभ्यास पालन गरून् भनी सुनिश्चित गर्नका लागि यसलाई परम्परा नै बनाइएको हो।

    ४. निधारमा ‘तिलक’ लगाउने चलन: निधारमा दुई आँखीभौँको बीचमा रहेको थलोलाई प्राचीनकालदेखि नै मानव शरीरको प्रमुख स्नायु विन्दुका रूपमा लिइन्थ्यो। ऊर्जाको क्षय रोक्नका लागि तिलकको महत्व रहेको विश्वास गरिन्छ ।

    आँखीभौँका बीचमा रातो ‘कुमकुम’ लगाउँदा मानव शरीरमा ऊर्जा कायम राख्न मद्दत पुग्छ र ध्यानका विविध तहलाई नियन्त्रण गर्न सकिन्छ ।​ आँखीभौँको मध्येको भाग र आद्यचक्रमा कुमकुम लगाउँदा ती स्वतः थिचिन्छन्। यसले अनुहारका मांसपेशीमा रक्त प्रवाहलाई बढाउँछन्।

    ५. मन्दिरमा घन्टी राख्ने चलन: मन्दिरमा दर्शन गर्न आउने मानिसले गर्भ गृह, भन्नाले मूर्ति राखेको ठाउँ, मा प्रवेश गर्नुअघि घन्टी बजाउँछन्, बजाउनुपर्छ । आगम शास्त्रका अनुसार घन्टीले पाप शक्तिहरूलाई भगाउँछ भने भगवानलाई घन्टीको आवाज सुमधुर लाग्छ । तर यसको वैज्ञानिक कारणका बारेमा कुरा गर्नुपर्दा घन्टीको ध्वनिले हाम्रो मनलई सफा पारेर हामीलाई जागरुक बनाउन तथा भक्तिको उद्देश्य पूर्तिका लागि पूर्ण ध्यान दिन मद्दत गर्छ ।

    यी घन्टीहरू यसरी बनाइएका हुन्छन् कि तिनले ध्वनि निकाल्दा तीखो र लामो आवाज सुनिन्छ जुन प्रतिध्वनिको अवस्थामा कम्तीमा सात सेकेन्डसम्म सुनिन्छ । प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातैवटा रोग निवारक केन्द्रलाई सक्रिय बनाउँछ । यसले हाम्रो दिमागबाट सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ ।

    ६. मसलापछि मिठाइ खाने चलन: हाम्रो भोजन अलिक मसलादार खानेकुराबाट शुरु गरेर अन्त्य चाहिँ गुलियो खानेकुराबाट गर्नुपर्छ भनी हाम्रा पुर्खाले जोड दिएका छन् । यस्तो भोजन व्यवहारको महत्व भनेको मसलादार खानेकुराले पाचन रस र अम्लहरूलाई सक्रिय बनाउँछ र पाचन प्रक्रिया सुचारु चलोस् भनी सुनिश्चित गर्छ भने मिठाइ वा कार्बोहाइड्रेटले पाचन प्रक्रियालाई घटाउँछ । त्यसैले मिठाइ जहिलेपनि अन्तिम वस्तुका रूपमा ग्रहण गर्न सिफारिस गरिन्छ ।

    ७. हात र गोडामा मेहेन्दी/हीना लगाउने चलन: हातमा रंग लगाउनुका अलावा मेहेन्दी एक अत्यन्त शक्तिशाली औषधीय जडीबुटी हो । विवाह प्रक्रिया तनावयुक्त हुन्छन् र प्रायः तनावले टाउको दुख्ने र ज्वरो फुटाउने काम गर्छन् । विवाहको दिन नजिकिँदै गर्दा उत्सुकताका साथ मिसिएको तनावयुक्त पर्खाइले दुलाहा र दुलही दुवैलाई असर पार्छ । मेहेन्दी लगाउँदा अत्यधिक तनावलाई रोकथाम गर्छ किनकि यसले शरीरलाई चिस्याउँछ र नसालाई तनावयुक्त हुन दिँदैन । यही कारणले गर्दा मेहेन्दी हात र गोडाहरूमा लगाइन्छ जहाँ शरीरका नसाका टुप्पाहरू विद्यमान हुन्छन् ।

    ८. भुइँमा बसेर खाने चलन: भुइँमा बसेर खाने यो परम्परा मात्र होइन । यसलाई त सुखासनमा बस्ने अनि खाने रूपमा लिइन्छ । सुखासन हामीले प्रायः योग आसनका लागि प्रयोग गर्छौं ।

    तपाईं भुइँमा बस्नुहुँदा प्रायः गोडा मारेर बस्नुहुन्छ : सुखासन वा अर्धपद्मासन । यी आसनले तत्कालै शान्तिको अनुभूति दिलाउँछन् र पाचनमा मद्दत पु¥याउँछन् । यिनले स्वतःस्फुर्त रूपमा पेटलाई पाचन प्रक्रियामा जानका लागि तपाईंको दिमागलाई संकेत दिन्छन् ।

    ९.उत्तरतर्फ टाउको फर्काएर सुत्नुहुन्न भन्ने विश्वास: भन्न त यसो गर्दा भूत वा मृत्युलाई डाक्ने काम हुन्छ भनिन्छ तर यसो किन गरिन्छ भने मानव शरीरको आफ्नै चुम्बकीय क्षेत्र हुन्छ (जसलाई रक्तप्रवाहका कारण मुटुको चुम्बकीय क्षेत्र भनिन्छ) र पृथिवी एक विशाल चुम्बक हो । हामी उत्त।तिर टाउको फर्काएर सुत्दा हाम्रो शरीरको चुम्बकीय क्षेत्र पृथिवीको चुम्बकीय क्षेत्रसँग पटक्कै तालमेल खाँदैन ।

    त्यसले रक्तचाप सम्बन्धी समस्या निम्त्याउँछ र हाम्रो मुटुले चुम्बकीय क्षेत्रहरूको यो बेमेलमाथि विजय पाउन बढी मेहनत गर्नुपर्ने हुन्छ । योबाहेक पनि हाम्रो शरीरमा बग्ने रगतमा उल्लेख्य मात्रामा फलाम पाइन्छ । अनि यसरी उत्तर फर्किएर सुत्दा शरीरभर फैलिएको फलाम दिमागमा जम्मा हुन थाल्छ । यसले टाउको दुख्ने, विस्मरण रोग लाग्ने, ज्ञानको घटी, पार्किन्सन रोग र दिमाग बिग्रदै जाने समस्या आउँछ ।

    १०. कान छेड्ने चलन: कान छेड्नुको भारतवर्षीय संस्कारमा ठूलो महत्व छ । भारतीय चिकित्सक तथा दार्शनिकहरूले कान छेड्दा विद्वत्ता, सोच्ने शक्ति तथा निर्णय लिने क्षमताको विकासमा मद्दत गर्छ ।

    धेर बोल्दा जीवन ऊर्जा हराउँदै जान्छ । कान छेड्नाले बोली नियन्त्रणमा मद्दत पुग्छ । यसले अस्वाभाविक व्यवहार घटाउन मद्दत गर्छ र कानका च्यानलहरू विकारमुक्त हुन्छन् । यो विचारले पश्चिमी जगतलाई समेत आकर्षण गरेको छ, त्यसैले पश्चिमाहरू पनि फेसनकै लागि भएपनि सुन्दर इयररिङ लगाउनका लागि कान छेड्न थालेका छन् । स्रोत : देसिनेमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑