वीरगंज | संजिव मिश्र | विन्दवासिनी गाउँपालिका वडा नम्बर १ र २ को सिमामा पर्ने ढङ्गही नदीलाई पुनः पुरानै धारमा फर्काइएको छ ।
गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुको निर्देशनमा सो मुहान साविकको ठाँउमा फर्काइएको हो । नदी छेउमा रहेको जग्गा कारोवारी वीरगंज श्रीसिया निवासी जग्गा ठेकेदार रामनारायण ठाकुर समेतले साबिक नदीको मुहान परिवर्तण गरेका थिए ।
गाँउपालिकामा गत साउन २९ गते बसेको कार्यपालिकाको बैठकले सो नदिको नयाँ मुहान बन्द गरी साविकको मुहान खोल्ने निर्देशन दिएपनि ठेकेदार ठाकुरले अटेर गर्दै आएका थिए ।
आज गाँउपालिकाले आफनो र भाडामा लिएको जेसिवि प्रयोग गरी नदिको मुहान साविकै अवस्थामा फर्काएको गाँउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारले बताउनुभयो।
गत साउन २४ गते राति जग्गा कारोवारीहरुले वहुअर्वा भाठा देखि पच्छिम हुलाकी सडक खण्डमा पर्ने ढङ्गहीको मुहान नै परिवर्तण गरेका थिए । हुलाकी सडक भएर बगि रहेको नदीलाई रातीको समयमा केहि व्यक्तीले मुहान फेरेको कार्यपालिका सदस्य रामाधार मुखियाले बताउनुभयो ।
वहुअर्वा र गर्दौल गाउँका सयौं विगा जग्गाको प्रमुख सिचाइको रुपमा रहेको ढङ्गही नदीको मुहान रातै रातमा मुहान परिवर्तण भएपछि त्याहाका किसानहरु मारमा परेको थिए ।
मुहानलाई साविकको ठाँउमा फर्काउन लागेको सम्पुर्ण खर्च ठेकेदार ठाकुरबाट असुल उपर गर्ने गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्रकुमार भण्डारी,सशस्त्र वेश क्याम्प बहुअर्वाभाठाका सई कृष्ण बिनयाको नेतृत्वमा खटेको सुरक्षाकर्मीको सक्रियतामा मुहान साविकको ठाँउमा फर्काइएको वडा अध्यक्ष सागिर मियाँले जानकारी दिनुभयो ।
नदीका किनार मा रहेका जग्गा धनीले मुहान फेरेर आफ्नो जग्गा हुलाकि सडक संग जोडने प्रयास गरेका थिए । ठाकुरले ७०÷८० फिट चौडा र १ हजार मिटर लामो भएर बगिरहेको नदीलाई अहिले १ हजार मिटर लामो दुरीलाई परिवर्तण गरेर २० मिटरमा ल्याएका थिए ।
मुहान फेरेर नदीको करिब १९ बिगा भन्दा बढी जग्गा अतिक्रमण गर्न खोजेको स्थानीयाले बताए । ठेकेदार ठाकुरले पालिकासंग कुनै समन्वय नगरि नदीको मुहार फेरेको थिए ।स्थानियको चौतर्फी बिरोध पछि नदिको मुहान साविकको स्थानमा फर्काइएको छ ।