सिरहा | सिरहामा मृत्यु भएका १ वृद्धमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना पाजिटिभ देखिएको हो ।
ती पुरुषको २ भदौमा गाउँमै स्वाब संकलन गरिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी रहेका स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।
उनका अनुसार स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको ३ भदौमा मृत्यु भएको थियो ।योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ