रौतहट | रौतहटमा गएको बुधबार मन्दिरका एक पुजारीको हत्या भएको थियो । माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली लागि घटनास्थलमै मृत्यु भएको थियो ।
यसै बिषयलाई लिएर नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले घटनाको सत्य तथ्य छानविन गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पुजारी श्रीराम साहको गोली हानि हत्या गरेको तीन दिन वितिसकेको र अनुसन्धानमा विलम्ब नगर्न सरकारसँग आग्रह गरेका छन् । उनले उक्त घटनाको अनुसन्धान के भइरहेको छ भनेर पनि प्रश्न सोधेका छन् ।
उनले भनेका छन् – रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलकाे हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरेको तीन दिन वितिसकेको छ। @nepalpoliceHq घटनाको अनुसन्धान के भइरहेको छ ?अनुसन्धानमा विलम्ब नगर्न र सत्य तथ्य छानबिन गरी दोषीलाई शीघ्र कानूनी कारबाही गर्न सरकारसंग आग्रह गर्दछु।