गएराति ०८:०५ बजे बिरगंज हेल्थ केयरमा उपचारत वीरगंज महानगरपालिका वडा नं. २६ सुगाैली विर्ताका ५८ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
प्रशासन कार्यालयका अनुसार उनकाे बिहिबार स्वाव संकलन गरि आरटी पिसिआर परीक्षण गर्दा शुक्रबार रिपाेट पाेजिटिभ आएको थियाे । खोकी र श्वासप्रश्वासमा समस्या रहेकाे उनकाे काेभिड अस्पतालकाे आइसियु र भेन्टिलेरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएकाे हाे ।
यस्तै वीरगंज हेल्थ केेयर काेभिड अस्पताल मै आज विहान ७:१० पर्साकाे बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट गम्भिर अवस्थामा वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो । उच्च रक्तचाप, मुटु र दम सम्बन्धी समस्याले ग्रस्त उनको स्वाब भदौ ३ गते संकलन गरिएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भदौ ४ गते बेलुका ८ः३० बजे वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो ।
ज्वरो, श्वास प्रश्वास, टाउको दुखाइ, बान्ता, दम हुने समस्याका कारण ३१ गतेदेखि उनको अलि अर्थोमा उपचार भइरहेको थियो ।