बीरगन्ज। बीरगन्जमा उपचार नपाएर फेरी एक जनाको मृत्यु भएको छ ।बुधबार राति स्वास्प्रस्वासमा समस्या आएपछि बाराका एक पुरुषलाई यहाँका कुनै अस्पतालले भर्ना लिन नमानेपछि नारायणी अस्पताल पुगेका उनको उपचार सुरु भएको केही बेरमै ज्यान गएको हो ।
मृत्यु हुनेमा कलैया उपमहानगरपाकिला वडा नं १० मटिअर्वाका ५९ वर्षीय पुरुष रहेका छन् ।परिवारजनका अनुसार उपचारका लागि बीरगन्जका सबै निजी अस्पतालमा गुहारेपनि कसैले उपचार गर्न मानेनन् ।
मृतकको शव नारायणी अस्पतालको शव गृहमा राखि गरिएको पिसिआर परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको छ ।बाराका प्रहरी प्रवक्ता डिएसपी गौत्तम मिश्रले शव व्यवस्थापनका लागि नेपाली सेना, कलैया युनिटसँग कुराकानी भईरहेको जनाएका छन् ।
उनले उपचारको क्रममा मृत्यु भएको मृत्तकका परिवारजनलाई रिपोर्टबारे जानकारी गराएको क्वारेन्टाइनमा बस्न भनिएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका सबै निजी अस्पताललाई आईसोलेसन कक्ष स्थापना गरि बिरामीको उपचार गर्न निर्देशन दिएपनि कार्यान्वयन हुन सकेको छैन । जसका कारण बिरामीहरु अकालमै ज्यान गुमाउन बाध्य छन् ।