वीरगंज | कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं, मकवानपुर, सप्तरीका १-१ जना र पर्साका ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताए ।
योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।