दाङ । दाङको देउखुरीमा एम्बुलेन्सबाट खसेर राजपुर गाउँपालिका ७, भैँसाहीनाकी ३५ वर्षीया कमला विकको मृत्यु भएको छ ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार बुधबार नेपालगन्जबाट उपचार गरेर बुधबारै घर फर्किने क्रममा विक भे.१च १६४५ नम्बरको एम्बुलेन्सबाट लडेकी थिइन् ।
एम्बुलेन्सबाट लडेर टाउकोमा चोट लागेकी विकको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।
प्रहरीका अनुसार उनी लमही ७, वनघुस्री चोकनजिकै एम्बुलेन्सबाट खसेकी थिइन् । रोकिएको एम्बुलेन्स चल्ने क्रममा पछाडिको ढोका आफैं खुलेपछि उनी सडकमा खसेकी थिइन् ।