• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्मार्टफोनको सेन्सरले नै डिटेक्ट गर्न सक्छ मापसे !

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार २०:००
  • ५६८५

    सुरक्षित ड्राइभिङलाई ध्यानमा राख्दै अत्यधिक रक्सी सेवन गरेको डिटेक्ट गर्न (पत्ता लगाउन) हाई ईण्ड स्मार्टफोनमा सेन्सरमाथि एक नयाँ परीक्षण भएको छ ।

    एप्पलले आफ्नो एप्पल वाचमा स्वास्थ्यसम्बन्धी नयाँ फिचर ल्याउँदै गरेका बेला पिट्सबर्ग युनिभर्सिटीबाट भएको एक नयाँ अध्ययनले विद्यमान आईफोनहरुले नै विषाक्तताको मात्रा डिटेक्ट गर्न सक्ने दाबी गरेको छ ।

    चाल (मोसन) मापन गर्ने यस हाल प्रयोगमा रहेका स्मार्टफोन सेन्सरहरुलाई नै प्रयोग गरिएको थियो । बीबीसी न्यूजका अनुसार अमेरिकी अनुसन्धानकर्ताले २२ जना व्यक्तिमा यो परीक्षण गरेका हुन् । जसमा मादकता मापन गर्ने सवालमा फोन ९० प्रतिशत अवस्थामा सफल देखिएको थियो ।

    ‘हामीसँग शक्तिशाली सेन्सरहरु छन्, जसलाई हामी जहाँ गए पनि साथमै लगिरहेका हुन्छौं,’ टोलीका मुख्य अनुसन्धानकर्ता ब्रियन सुफोलेटोले बीबीसीसँग भनेका छन्, ‘ती सेन्सरहरुलाई जनस्वास्थ्यको सेवामा  कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा हामीले सिक्न जरुरी छ ।’

    प्रारम्भिक चरणको यो अध्ययन निश्चित रुपमा निकै सीमित व्यक्तिहरुमा मात्रै गरिएको थियो । २१ देखि ४३ वर्ष उमेर समूहका २२ जना सहभागीमा १५ जना पुरुष थिए भने सबै गोराजातीका । सहभागी सात जना महिला मध्ये कोही पनि गर्भावस्था तथा स्तनपान गराइरहेका थिएनन् ।

    अमेरिका र बेलायतमा शरीरमा भएको १०० मिलिमिटर रगतमा ८० मिलिग्रामसम्म अल्कोहल भएको मापसेलाई ड्राइभिङका लागि कानूनी मानिन्छ । परीक्षणमा सहभागी हरेक व्यक्तिलाई उक्त सीमा ननाघुञ्जेल जुस सहितको भोड्का सेवन गर्न दिइएको थियो ।

    हरेक स्वयम्‌सेवीको पछाडि भागमा स्मार्टफोन राखिएको थियो र हरेक दुई घण्टामा सिधा लाइनमा १० पाइला हिँड्न र फर्किएर आउन लगाइएको थियो । यस्तोमा फोनले १७ जना सहभागीमा मापसेको सीमा नाघेको पहिचान गर्न सकेको थियो ।

    यसरी प्रत्येक व्यक्तिको हिँडाईमा आएको परिवर्तन मापन गरी यो नतिजा निकालिएको हो । २० हजार शब्दमा लेखिएको यो सोधपत्रमा आईफोन वा एण्ड्रोइड कुन प्रयोग गरिएको थियो भन्ने कुरा चाहिँ स्पष्ट खुलाइएको छैन ।

    यद्यपी फोनमा उच्च तहको एक्सिलेरोमिटर भएको चाहिँ बताइएको छ । जुन फ्ल्यागशिप एण्ड्रोइड तथा एप्पलका आईफोन फाइभपछिका मोडलमा उपलब्ध छ ।

    तर सस्ता एण्ड्रोइड फोनहरुमा भने त्यति धेरै संवेदनशीलता परख गर्न सक्ने शक्तिशाली सेन्सर हुँदैनन् । अनुसन्धानकर्ताहरुले यसमा अनुसन्धानलाई निरन्तरता दिइने बताएका छन् ।

    जसमा मोबाइल खल्तीमा भएको अवस्थामा यी स्मार्टफोन सेन्सरहरुले कति वास्तविक रुपमा काम गर्न सक्छन् भन्ने कुराको मापन हुनेछ । इमर्जेन्सी फिजिसयन डा सुफोलेटोले बताए अनुसार उनी आफै अल्कोहल विषाक्तताको गम्भीर शिकार पश्चात उपचारपछि निको भएका थिए ।

    साथै अत्यधिक रक्सी सेवन गरी सवारी चलाउँदा भएको दुर्घटनामा उनले आफ्नो नजिकको साथी समेत गुमाउनु परेको थियो । ‘त्यसैले नै म विगत १० वर्षदेखि अत्यधिक अल्कोहल सेवनका कारण हुने मृत्यु र चोट रोक्न डिजिटल प्रविधि प्रयोग गर्ने विषयमा दत्तचित्त भएर लागेको छु,’ उनले भनेका छन् ।

    ‘पछिल्लो पाँच वर्षदेखि म कल्पना गर्दै आएको छु,’ डा सुफोलेटोले अगाडि भनेका छन्, ‘मानिसहरु साथीसँग गएर अत्यधिक रक्सी सेवन गर्दा त्यसले पुर्‍याउन सक्ने हानीको बारेमा सुरुमै अलर्ट पाउन सकुन् र उनीहरुलाई रक्सी सेवन गर्नबाट रोकेर ड्राइभिङ, झैझगडा र असुरक्षित यौन सम्पर्क जस्ता उच्च जोखिमका गतिविधिबाट जोगाउन सकियोस् ।’

    एजेन्सीको सहयोगमा ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑