वीरगञ्ज। अस्पतालले उपचारका लागि भर्ना लिन नमानेपछि जनकपुरधाममा पुनः एक युवकको मृत्यु भएको छ।किडनीमा समस्या भएर मंगलवार दिउँसो एम्बुलेन्समा चढेर उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुग्दा अस्पतालले भर्ना लिन नमानेपछि धनुषाको सबैला नगरपालिका वडा नं. २ का ३२ वर्षीय प्रमोद महतोको मृत्यु भएको हो।
मंगलबार उपचारको लागि एम्बुलेन्स चढेर प्रमोदका बृद्ध आमाबुवा अस्पताल ल्याएका थिए। प्रमोदलाई डाइलसिस कक्षमा उपचारकालागि लाने प्रयास गर्दा अस्पतालका सुरक्षा गार्ड तथा स्वास्थ्यकर्मीले विरामीको अवस्था देखेर उनलाई भित्र छिर्न दिएका थिएन्।
उनको आमाबुवाले पटक पटक त्यहाँ भएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई उपचारकालागि बिन्ती गरेपनि उपचार नगरेको प्रमोदको बुवा जेगेन्द्र महतोले बताए।
गम्भीर सिकिस्त भएका छोराको अवस्था जटिल हुँदै गएपछि छिटो डाइग्नोसिस गर्नुपर्ने भन्दै उनका आमाबुवाले डाक्टरसमक्ष पटक पटक आग्रह गरेपनि नसुनेपछि गाउँका ठूलाबडा नेतालाई समेत फोन गरेर डाक्टरलाई उपचार गर्न भनाउँदा समेत डाक्टर तथा स्वास्थ्यकर्मीले भर्ना लिन नमानेको प्रमोदको बुवाले बताए।
कोरोनाको समय यस्तो प्रकारको विरामी आफूहरु नलिने गरेको भन्दै अस्पतालको गेटबाट भित्र समेत पस्न नदिएको प्रमोदका बुवा जोगेन्द्रले भने। उनले भने, ‘धेरैबेर हुन लागेपछि छोराको अवस्था झन बिग्रिदै गयो। उसको जीउ फुलेर एकदमै मोटो देखिन थाल्यो र उल्टी पनि गर्न थाल्यो। त्यसपछि छोराको अवस्था झन खराब हुन थालेपछि डाक्टरको खुट्टा समेत ढोग्यौ तर डाइग्नोसिस गर्न मानेन्।’
करिब एक वर्ष पहिले काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पतालमा चेकजाँच गराउँदा प्रमोदको किडनीमा समस्या देखिएको थियो । किडनीमा समस्या देखिएपछि उनी उपचार र औषधी सेवन गरिरहेका थिए।
प्रमोदको स्वास्थ्य अवस्थमा केहि सुधार भएपछि एकसाता अघिमात्र प्रमोद टिचिङ अस्पतालमा उपचारपछि घर फर्केका थिए । डाक्टरले अझै केहिदिन डाइग्नोसिस गर्नुपर्छ भनेका थिए। केहीदिन त्यहिँ राखेर उपचार गराउन भनेपनि प्रमोदले घरजाने जिद गरेर यहाँ आएका थिए तर यहाँ उपचार नपाएको उनको बुधबार मृत्यु भएको हो।
मंगलबार प्रादेशिक अस्पतालमा उपचार गर्न नमानेपछि घर फर्केका उनका बुवाआमा बुधवार दिउँसो करिब २ बजे प्रमोदको उपचारकालागि उनलाई एम्बुलेन्समा राखेर धरान लगिदै गर्दा बाटोमै मृत्यु भएको उनको बुवाले बताए।
यता प्रादेशिक अस्पताल जनकपुरले एक विज्ञप्ती जारी गर्दै यसमा आफुहरुको कुनै कमजारी नरहेको जनाएको छ। अस्पताल प्रशासनले मंगलबार साँझ ५ बजे अस्पतालको इमरजेन्सी विभागमा आएपनिबिना कुनै कगजात सहित आएकोले जाँच गरेर विभिन्नि जाँच गराउन भन्दा अस्पताललाई विना कुनै जानकारी विरामीलाई अन्यत्र लगेको विज्ञप्तीमा जनाएको छ।
प्रमोद काठमाडौँस्ति एक बैँकमा कार्यरत थिए। तर उनको किडनीमा समस्या भएपछि मानसिक तनाव झेल्न नपाएर उनी जागिर पनि छोडेको उनको परिवारको भनाई छ।