वीरगञ्ज।सप्तरीमा मृत्यु पश्चात थप एकजनामा कोरोना संक्रमणबाट पुष्टि भएको छ । राजविराज नगरपालिका–४ का २८ वर्षीय युवकमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।
चार–पाँच दिन देखि रुघा खोकी, दम लगायतको समस्या देखिएपछि मंगलबार उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालको ओपिडिमा लगिएको थियो ।
केही समय अस्पतालको इमरजेन्सीमा भर्ना गराएर अक्सिजन पनि लगाएको तर त्यहाँ उपचार सम्भव नभएपछि बिपि कोइराला विज्ञान प्रतिष्ठान धरानमा रिफर गर्दा त्यहाँ नै ती व्यक्तिको मृत्यु भएको प्रमुख यादवले बताए ।
मृत्यु पश्चात स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य प्रमुख यादवले बताए । यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।