• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    औषधि व्यवस्था विभाग भन्छ– अझै ८/१० दिन लाग्न सक्छ

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार ०९:५७
  • ६६८१

    वीरगञ्ज । कोरोनाको आपत्कालीन उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिरको आयात अनुमतिमै अनपेक्षित विलम्ब गरेको औषधि व्यवस्था विभागले यो औषधि भित्रिन अझै ८/१० दिन लाग्ने बताएको छ ।

    जब कि, आयात अनुमति पाएका कम्पनीले ३ दिनभित्र औषधि ल्याउने शर्त स्वीकार गरेका थिए । शर्तको समयसीमा मंगलवार सकिएको छ ।नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि नौओटा कम्पनीका आधिकारिक आयातकर्ता अनुमतिका लागि विभागमा पुगेकोमा विभागले २ महीनापछि तीनओटा भारतीय कम्पनीलाई रेम्डेसिभिर इन्जेक्शन भित्र्याउन अनुमति दिएको थियो ।

    विभागले सिप्ला, हेटेरो र माइलन कम्पनीलाई यस्तो अनुमति दिएको हो । विभागले ती कम्पनीका नेपालस्थित आयातकर्तालाई ३ दिनभित्र औषधि भित्र्याउने शर्तमा अनुमति दिएको थियो ।

    तोकिएको समय सीमाभित्र कुनै पनि कम्पनीले औषधि भित्र्याउन नसकेको विभागका प्रवक्ता सन्तोष केसीले बताए । ‘३ दिनभित्र औषधि ल्याउन भनिएको हो । तर, कसैले पनि ल्याउन सक्नुभएको छैन,’ प्रवक्ता केसीले आर्थिक अभियानसित भने, ‘आयातकर्ताले प्रक्रिया अघि बढाइसकेका छन् । उनीहरूले अझै ८/१० दिनजति लाग्न सक्छ भनेका छन् ।’

    कोरोना महामारी बढिरहँदा आपत्कालीन औषधि आयातमा भइरहेको विलम्बको चिकित्सा क्षेत्रबाटै चर्को आलोचना भइरहेको छ । चौतर्फी आलोचना हुन थालेपछि विभागले कार्यविधि बनाएर औषधि आयातको बाटो खोलेको हो ।

    विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसित अनुमति लिनै १ महीना लागेको थियो । मन्त्रालयको अनुमति पाएपछि कार्यविधि तयार गरेर आयातको स्वीकृतिमा विभागले थप १ महीना समय लगायो ।

    कोरोना महामारीका बेला ‘फास्ट ट्र्याक’बाट प्रक्रिया अघि नबढाएकोमा चिकित्सकहरूले सार्वजनिक रूपमै मन्त्रालय र विभागको आलोचना गर्दै आएका छन् ।

    विभागले गत असार १० गते रेम्डेसिभिर र फाभिपिराभियरको आयात सिफारिशका लागि मन्त्रालयसित निर्देशन मागेको थियो । तर, मन्त्रालयले रेम्डेसिभिरमात्र स्वीकृत गरेको छ ।

    भारत, पाकिस्तान, बंगलादेशलगायत देशमा कोरोनाको आपत्कालीन उपचारमा प्रभावकारी मानिएको यो औषधि आयात नहुँदा कालोबजारी बढेको छ । भारतीय बजारमा भारू ५ हजार मूल्य पर्ने यो इन्जेक्शन नेपालमा रू. १ लाखसम्ममा किनबेच भएको छ ।

    भारतमा समेत यो औषधिको कालोबजारी भइरहेको छ । आयातकर्ताले नेपाली बजारमा यो औषधि रू. ६ हजार ५ सयमा उपलब्ध गराउने बताएका छन् ।ओमप्रकाश खनाल

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑