• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना रोकथाममा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीको निर्देशन

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार ०८:००
  • २९६५

    बीरगन्ज। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन्।

    कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएसी) को बुधबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले संक्रमणको जोखिम बढ्दै गइरहेको भन्दै थप उच्च सतर्कता अपनाएर सबै संयन्त्र परिचालन निर्देशन दिएको बैठकमा सहभागी एक उच्च अधिकारीले जानकारी दिए।

    ती अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले सीसीएमसीलाई संक्रमण रोकथामका लागि थप रणनीति र प्रभावकारी योजना बनाउनसमेत निर्देशन दिएका थिए।

    प्रधानमन्त्रीले संक्रमण रोकथाम, नियन्त्रणका लागि भए गरेका काम र थप रणनीतिबारे सीसीएमसीमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुसँग छलफल गरेका थिए।

    बैठक कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा थप रणनीति बनाउन बसेको भनिए पनि प्रधानमन्त्री ओलीले पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।

    ‘संक्रमणको जोखिम बढिरहेको छ। रोकथाम र नियन्त्रणका लागि प्रभावकारी हिसाबले अघि बढ्नुपर्छ,’ प्रधानमन्त्रीलाई उधृत गर्दै एक सहभागीले भने, ‘सीसीएमसीलाई संक्रमण रोकथामका लागि थप रणनीति र प्रभावकारी योजना बनाउन निर्देशन दिनुभएको छ।’

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंले बैठकमा औपचारिक कुनै निर्णय नभएको बताए।

    ‘प्रधानमन्त्रीज्यूले अहिलेसम्मको अवस्थाबारे विस्तृत जानकारी लिनुभएको छ,’ उनले भने, ‘सीसीएमसीको तर्फबाट पनि कोभिड–१९ संक्रमणको अवस्था, अब अपनाउनुपर्ने रणनीतिका बारेमा जानकारी दिइएको छ।’

    बैठकमा सहभागी मन्त्रीहरुले आइसोलेसन केन्द्र र क्वारेन्टिन स्थलको अपुग भएको बताएका थिए।

    सीसीएमसी संयोजक र पर्यटनमन्त्रीबीच विवाद

    सीसीएसमी संयोजक एवम् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच प्रधानमन्त्री सहभागी भएको बैठकमै विवाद भएको थियो।

    मन्त्री भट्टराईले आफूलाई समेत जानकारी नभई एक्कासि अलपत्र नागरिकलाई उद्धार गर्न तय भइसकेको चाटर्ड उडान स्थगित गरिएकोमा आपत्ति जनाएका थिए।

    ‘म विभागीय मन्त्री, सीसीएमसीको सदस्यलाई समेत थाहा नदिएर एकाएक उडान रोक्ने निर्णय गरियो,’ भट्टराईको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘आवश्यक छलफल र समन्वय नगरेर एकलौटी काम गर्ने?’

    नेपाल एयरलाइन्सलाई यात्रु ल्याउन नदिने तर टर्किसलाई ल्याउन दिने सीसीएमसीको निर्णयप्रति भट्टराईले बैठकमै आपत्ति प्रकट गरेका थिए।

    प्रधानमन्त्रीले यस विषयमा आवश्यक अध्ययन गरिने बताएका थिए।

    विदेशबाट नेपालीलाई उद्धार गर्नका लागि सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा सीसीएमसीले सोमबार तत्काल अन्तर्राष्ट्रिय उद्धार उडान स्थगित गर्ने निर्णय गरेको थियो।

    विदेशबाट फर्किएकाहरुले अनिवार्य होटलमा क्वारेन्टिनमा बस्नुपर्ने र तत्काल होटलमा क्वारेन्टिन सहज नभएको भन्दै उडान रोकिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑