वीरगंज। नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमो संख्या १२० पुगेको छ ।
डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक-एक छन् ।
त्यसैगरी मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।