• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टिकटकमा ‘राजनीति’ : यस्तो छ ‘टिकटक’को उतारचडाब

  • वीरगंज संजाल
  • ३ भाद्र २०७७, बुधबार १३:५६
  • ४३५३

    टिकटक अहिले विश्वभर तहल्का पिटिरहेको चाइनिज एप हो, जसमा भिडियो सेयरिङ्ग गर्ने गरिन्छ । यसका संस्थापक जाङ्ग यीमीङ हुन, जसले चीनको बेजीङगमा बाइट–डान्स भन्ने इन्टरनेट टेक्नोलोजी कम्पनी स्थापना गरेका छन् । यो कम्पनी २०१२ मा स्थापना भएको थियो ।

    यो एपमा थोरै समयको गीत, लीप–सीङ्क, नृत्य, हास्यव्यङग र आफ्नो ट्यालेन्ट देखाउन मिल्ने भिडियो हाल्न मिल्छ, जुन ३ देखि ५ सेकेन्डको हुनुपर्छ । सुरुमा बाइट डान्सले चिनको बजारमा यस्तै एपलाई डोइन नामले सेपटेम्बर, २०१६ मा सार्बजनिक गरेका थिए । तर यो सन २०१८, अगस्ट २ मा म्यूजिकल लीसँग मर्ज गरेपछि मात्रै पुरै विश्वभर् उपलब्ध भएको थियो । यो एप करिब ४० भाषामा उपलब्ध गराइएको छ ।

    चार वर्षमा, टिकटकले करिब १ अर्ब बढि प्रयोगकर्ता बनाइसकेको छ र अप्रिल २०२० सम्ममा ८० करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् ।

    चार वर्षमा, टिकटकले करिब १ अर्ब बढि प्रयोगकर्ता बनाइसकेको छ र अप्रिल २०२० सम्ममा ८० करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । चीनमा अहिले पनि यो एप डोइनकै नामले चिनिन्छ । टिकटक र डोइनको यूजर इन्टरफेस एउटै भएता पनि यिनीहरु दुवै बेग्लाबेग्लै सर्भरमा चल्छन् र एकअर्काको डाटाबेस माथि कुनै पँहुच हुँदैन ।

    टिकटकको विश्व भरी डुब्लीन, लस आनजेलेस, न्यू योर्क सिटी, लन्डन, प्यारीस, बर्लीन, दुबई , मूम्बई, सिंगापोर, जकरटा, सोल र टोक्यो आदि ठाउँमा हेड–क्वाटर रहेको छ । सार्बजनिक भएदेखि नै सफलता मात्रै देख्दै आएको यो एपले भने अब धेरै ठाउँमा ठक्कर खानुपर्ने अवस्थाको सिर्जना हुदै गइरहेको छ ।

    जूनमा मात्रै टिकटकको धेरै उपभोक्ता भएको देश भारतले टिकटक सहित अन्य ५८ एप बन्द गरेको थियो । सिमानामा भएको झडपको कारणले गर्दा भारतले यो एप बन्द गरेको जनाएको छ । भारतमा यो एप बन्दभएसंगै टिकटकले ठुलो संख्यामा प्रयोगकर्ता र आम्दानी गुमाएको छ । भारत मात्रै २० करोड बढि मासिक सक्रिय प्रयोगकर्ता छन् र बन्द भएसंगै भारतबाट ६ अर्बको घाटा हुने अनुमान लगाइएको छ । केही दिन अघि मात्रै इन्डोनेसीयाले टिकटकलाई एक हप्ताको लागी ब्यान गरेको थियो । यो एपले अनैतिक र अश्लील कुराहरुलाई बढावा दिएकाले यस्तो गरिएको भनिएको छ ।

    त्यसै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पनि टिकटक बन्द गर्न सक्ने बताएका थिए । टिकटकका साथसाथै उनले अमेरिकामा काम गरिरहेको अरु चाइनिज टेक कम्पनीलाई पनि कारवाही गर्न सक्ने बताएका थिए । टेक कम्पनीहरुले आफ्नो देशको गोप्य सूचनाहरु चीनलाई दिइरहेको उनको आरोप थियो । आफूसँग भएको एक्जिक्यूटिभ पावरको प्रयोग गरेर यस्तो गर्ने ट्रम्पको भनाई छ । राज्य सचिव माइकल पोमियोको अनुसार ट्रम्पले चाँडै यो विषयमा विज्ञप्ती जारी गर्नेछन् । अमेरिकाको यो निर्णयले गर्दा टिकटकका मालिक बाइट डान्सले टिकटकलाई अमेरिकाको निम्ति माइक्रोस्फटलाई बेच्न सकिने बताएका छन् ।

    माइक्रोसफटले टिकटकको अमेरीका , क्यानेडा, अष्ट्रलिया र न्यूजिलान्डको बिजनेस किन्ने तरखरमा छ र यसले भारत र यूरोपियन क्षेत्रलाई पनि समेट्ने सोचमा छ । फाइनेनसियल टाइम्सको रिपोर्ट अनुसार माइक्रोसफटले टिकटकको ग्लोबल कारोबार नै किन्न खोजेको छ । यो विषयसँग परिचित भएकाले टिकटकको भारतीय ब्रान्च किन्ने डिलको चर्चा भइरहेको जानकारी फाइनेनसियल टाइम्सलाई दिएका थिए् । यदि यो सम्भव भएन भने बाइट डान्स( टिकटकका उत्पादक)ले अरु विदेशी या भारतीय लगानीकर्ता खोज्ने छन् । चाइनिज टेक जायन्टले आफ्नो टेक्नोलोजीलाई लाइसेन्स गर्नुको साथै नँया लगानीकर्तासँग राजश्व बाड्ने पनि सोचेका छन् ।

    टिकटक बन्द हुनु लगत्तै ट्रिलर, इन्सटाग्राम रील्स, चिंगारी जस्ता एपले टिकटकको जस्तै फिचर ल्याएर त्यो स्थान ओगट्ने प्रयास गरेका छन् । आउने दिनहरु टिकटकको लागी केहि गाह्रो नै हुने देखिन्छ ।

     

     टिकटक बन्द गर्नु पछाडीको राजनीतिक प्रसङ्ग :  

    जनवरी २०१९ मा पीटरसन इन्सटीटयूट फर इन्टरनेशनल इकोनोमिक्सको अनुसार टिकटकले अमेरिकाको राष्ट्रिय सुरक्षा माथि प्रश्न उठाएको कुरा ठहराएको थियो । टिकटकले यूजरको बासस्थान, ईमेज, बायोमेट्रिक डाटा जस्ता गोप्य सूचना आफ्नो चाइनिज प्यारेन्ट कम्पनीलाई दिने बताइएको थियो । चीन इन्टरनेट सुरक्षा कानूनको अनुसार चिन सरकारलाई सबै जानकारी दिनुपर्ने हुन्छ र टिकटकले पनि यही गरिरहेको बताइएको छ ।

    अमेरिकाले आफ्नो जनताको सूचना बाहिर जाने कुरामा साह्रै असन्तुष्टि जनाएको थियो । अमेरिकाले डिसेम्बर २०१९ मै यूनाइटेड स्टेट्स नेभी र यूनाइटेड स्टेट्स आर्मीलाई टिकटक बन्द गरिदिएको थियो । त्यही कुरा सुनेर अष्ट्रेलियन डिफेन्स फोर्सले पनि आआफ्नो डिभाइसमा टिकटक ब्यान गर्न लगाएका थिए ।

    पछिल्लो समय प्रविधि क्षेत्रमा चिनका कम्पनीहरुले विश्व बजारमा दरिलो स्थान बनाउन थालेका छन् । हुवावे, टिकटक, जुम केहि उदाहरण हुन् । यसकारण पनि अमेरिका र भारतजस्ता देशहरु डेटाको इस्यु देखाउदै चाइनिज कम्पनिको दबदबा रोक्ने प्रयासमा छन् ।

    भारतले पनि सार्वभौमिकता र राष्ट्रिय अखण्डतामा यो एपले प्रश्न चिह्न उठाएकाले ब्यान गर्नु परेको बताएको थियो । भारत र चीनको सीमा लडखमा भएको सीमा विवादले यो कदम चालिएको हो । सीमामा भएको संघर्षको कारणले २० भारतीय जवान मारिएका थिए । त्यो सँगै भारतको थुप्रै यूजरहरुले आफ्नो व्यक्तिगत सूचना दुरुपयोग भएको गुनासो पनि राखेका थिए ।

    तर भित्रि रहस्य यो मात्रै नभएर विश्वबजारमा चिनको बढिरहेको दबदबालाइ रोक्ने प्रयास गर्नु पनि हो । हुवावेसँग भएको अमेरिका सरकारको द्वन्द पनि यसैक्रमलाइ जोड्न सकिन्छ । पछिल्लो समय प्रविधि क्षेत्रमा चिनका कम्पनीहरुले विश्व बजारमा दरिलो स्थान बनाउन थालेका छन् । हुवावे, टिकटक, जुम केहि उदाहरण हुन् । यसकारण पनि अमेरिका र भारतजस्ता देशहरु डेटाको इस्यु देखाउदै चाइनिज कम्पनिको दबदबा रोक्ने प्रयासमा छन् ।

    अमेरिकाले टिकटक किन्नुको रहस्य :

    माइक्रोसफटले चाँडै नै टिकटक किन्ने तरखर गरिरहेको छ । माइक्रोसफटले अहिलेसम्म इनटरप्राइज सफ्टवेयर र क्लाउड कमप्यूटिङ्मा मात्रै काम गरिरहेको छ र टिकटक माइक्रोसफटको लागी नयाँ क्षेत्र हुनेछ । टिकटक किनेर माइक्रोसफटले डिजिटल विज्ञापन गर्ने क्षेत्रलाई फराकिलो बनाउन खोज्दैछ ।

    टिकटकको करिब अमेरिकामा मात्रै ८० मिलियन यूजर छन् । टिकटकको हरेक यूजर बाट १ डलर पर क्वाटर प्राप्त हुन्छ । टिकटकलाई यूजरहरुले दिनमा करिब ५० मिनेट चलाउने गर्दछन् । माइक्रोसफटले टिकटक किनेर युवा वर्गलाई केन्द्रित गर्न पनि खोजेको हो । टिकटकको प्रयोगले माइक्रोसफटले आफ्नो एक्स–बक्सको कारोबार अझै बढाउन खोजेको हो । टिकटकको अमेरिकी अप्रेसनको करिब $२० बिलियन वर्थ रहेको छ ।

    अर्काे पक्षमा यो कारोबार माइक्रोसफटको लागी नराम्रो पनि हुन सक्छ । चीनले माइक्रोसफटलाइ परेको बेलामा अमेरिकाको मात्रै साथ दिएको पनि मान्न सक्छ र यसले माइक्रोसफटलाई चीनको तर्फबाट नराम्रो असर पर्न पनि सक्छ । अमेरिकी सरकारको दबाबको कारण पनि टिकटकलाइ आफ्नै अधिनमा राख्न यस्तो गरिएको पनि अनुमान छ । अबको आउँदो दिनमा चाँडै टिकटकको भविष्य निर्धारण हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑