वीरगंज | सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मोरंग, बुढीगंगा२ की ६७ वर्षीय महिलाको आज साँझ ४ः४५ बजे उपचारका क्रममा मृत्यु भएको हो।
उनी मुटुसम्बन्धी दीर्घकालीन रोगबाट ग्रसित रहेको र उपचार हुँदै गरेको प्रतिष्ठानले जनाएको छ।
विराटनगरस्थित विराट मेडिकल कलेजबाट रेफर गरिएकी उनी आजै बिहानै प्रतिष्ठानमा भर्ना भएकी थिइन्। अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरोसम्बन्धी समस्या देखिएपछि मेडिकल कलेजले उनलाई प्रतिष्ठानमा रेफर गरेको थियो।
शवको व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ।