अफ्रिकी राष्ट्र मालीमा विद्रोही सैनिकहरुले ‘कु’ को प्रयास गरेको बीबीसीले उल्लेख गरेको छ। राष्ट्रपति इब्राहिम केइताविरुद्ध केही समययता भइरहेको प्रदर्शनबीच सैनिकहरुले सत्ता आफ्नो हातमा लिएको बताइएको छ।
विद्रोही सैनिकहरुले राष्ट्रपति काइता र प्रधानमन्त्री बउबउ सिस्सीलाई पक्राउ गरेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।
यता, अफ्रिकी युनियनले मालीमा गरिएको ‘कु’ को विरोध गरेका छन्। फ्रान्सले पनि सेनालाई सत्ता आफ्नो हातमा नलिन र ब्यारेकमा फर्कन आग्रह गरेको छ।