वीरगंज। नेपालको झण्डा जलाउँदै गरेको भिडियो बनाएर युट्युबमामा राख्ने मध्येका १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले क्यामराम्यान इराक लिम्बू पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले लिम्बूलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।मंगोल होप अफिसियल नामक युट्युब च्यानलमार्फत भिडियो सार्जजिनक भएपछि त्यसको ब्यापक विरोध भइरहेको छ ।
भिडियो निर्माता र सचालन गर्ने सम्बन्धित व्यक्तिहरूलाई नियमानुसार कारबाही गर्न माग गरिएको भइरहेको छ ।यता, ज्ञानेन्द्र शाहीको समूहले उक्त भिडियो बनाउनेलाई पक्राउ गरी देशद्रोह लगाउनुपर्ने माग गरेको छ ।
उक्त समूहले मकवानपुर प्रहरीलाई इमेलमार्फत उजरी दिँदै भिडियो बनाउनेलाई देशद्रोहको अभियोग लगाउनु पर्ने माग गरेका हुन् । भिडियो निर्माता र युट्युब च्यानल संचालक मकवानपुरका रहेकाले उनीहरूले मकवानपुर प्ररहीलाई उजुरी दिएको बुझिएको छ ।
गीतमा चन्द्र र सूर्य अंकित नेपाली ध्वजा जलाउँदै गरेको दृश्य देखाइएको छ । राष्ट्रिय झण्डा जलाउने र जानाजान प्रयोग गर्नै नहुने ठाउँमा राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई अब ३ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।
अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।