वीरगंज | नारायणी अस्पताल वीरगंजको पिसिआर ल्याबले गरेको परिक्षण अनुसार पर्सामा संक्रमितहरू बहुदरमाई नगरपालिका, पोखरीया नगरपालिका, जगरनाथपुर नगरपालिका, पर्सागढी नगरपालिका लगयतको भेगमा बढ्दै गएको अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए ।
यसैगरी बाराको कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, प्रसौनि गाउपालिका लगायतको क्षेत्रमा बढी जसो संक्रमित फेला पर्दै आएको छ। अस्पतालको ल्याबले गरेको परिक्षण अनुसार पछिल्लो २४ घण्टा मै पर्सामा ५५ र बारामा ११ जना संक्रमित थपिएका छन् । जसमध्ये बहुदरमाई नगरपालिकामा मात्रै ८ वर्षिय बालक र ६ महिला सहित २५ जना संक्रमित थपिएको छ। यसैगरी १ महिला प्रहरी सहित ९ जना सुरक्षाकर्मी संक्रमित थपिएका छन् ।
जसमा जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा तथा रासन खानपानमा खटिएका १ महिला सहित ५ जना, वडा प्रहरी कार्यालय विर्ता र श्रीपुरका २/२ जना गरि ९ जना संक्रमित भएका छन् । यसैगरी वीरगंज महानगरपालिका वडा नम्बर २ र ३ का १ महिला सहित ६ जना मुर्लि १० का ४ महिला सहित ८ जना, कांग्रेस नेता जनार्धन सिंह क्षेत्रीका कन्ट्राक्ट ट्रेडिङका अधारमा ४ जना, विर्ता ४ वीरगंजका ३ जना पुरूष, नेशनल मेडिकल कलेजका २ जना संक्रमित भएका छन् ।
यसैगरी वीरगंज १० पानीटंकी, १६ इनर्वा, ११ श्रीपुर, १४ बहुअरीका एकएक जना संक्रमित फेला परेको अस्पतालका चिकित्सक डा. सिंहले बताए । नारायणी अस्पतालले बाराको बेगा साह मावि प्रसौनीमा गरेको स्वाब संकलनबाट प्रसौनि गाउपालिका वडा नम्बर २ का २ महिला सहित ५ जना, पिलुवा बाराका ३ जना संक्रमित फेला परेका छन् । यसैगरी कलैयाँ अस्पतालमा गरेको स्वाब संकलनबाट कलैयाँ उपमहानगरपालिका ६ बाट २ जना र सिम्रौनगढ नगरपालिका ७ का एक जना संक्रमित थपिएका छन ।