छिपहरमाईमा छापेमारी गरि भारतिय नं को एस्कारपियो र मोटरसाइकल बरामद
वीरगंज संजाल
२ भाद्र २०७७, मंगलवार ००:१३
९१५३
पोखरिया | राजन बानिया | पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं २ चारगाहामा आज प्रहरी चौकी टिहुकी को टोलीले छापेमारी गरि भारतिय नं को एस्कारपियो र मोटरसाइकल बरामद गरेको छ।
प्रहरी चौकी टिहुकिका प्रहरी सहायक निरिक्षक पवन झा को नेतृत्वमा गएको टोलीले चरगाहा गाउँ निवासी प्रेमी साह को घरमा छापेमारी गरि भारतिय नम्बर को बिआर ३२ पिए २३०६ नम्बर को स्कारपियो र भारतिय नं बिआर २२ पिए ४४८६ नम्बरको मोटरसाईकल बरामद भएको छ।
भारतिय स्कारपियो लगायतको गाडी हरुको भंसार नरहेकोले बरामद गरिए छ। बरामद गरिएको गाडीहरु लाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ।
आईतबारको दिन गाडी साहुको छोरा हुन्डी कारोबारी सतेन्द्र कुमार गुप्ता लाई तीन लाख नगद समेत पक्राउ गरि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको थियोे ।