• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेनाभित्र भ्रष्टाचार नियन्त्रणको प्रयास

  • वीरगंज संजाल
  • १ भाद्र २०७७, सोमबार १६:४०
  • २३२१

    वीरगंज | नेपाली सेनामा पनि आर्थिक अनियमितता नौलो विषय होइन । छोराले घुस खाएर कमाउँदा बाबुआमाले पौरख गरेको ठान्ने समाजमा नेपाली सेनामात्र अपवाद बन्न पनि सक्तैैन । परन्तु, केही वर्ष यता भने सेनाभित्रको भ्रष्टाचारको चर्चा बढी नै हुन थालेको छ । सञ्चार माध्यमको व्यापकताका कारणमात्र चर्चा बढेको भने होइन । तर, वर्तमान प्रधान सेनापति बहाल हुनेबित्तिकै नेपाली सेनाभित्र अनियमितता र अनुशासनहीनताविरुद्ध कठोर हुने सन्देश प्रवाह भएको थियो । पछिल्ला दिनका केही कामकारबाहीले त्यसलाई पुष्टि गरेको देखिएको छ ।

    यसैबीच समरी जनरल सैनिक अदालतले सहायक रथीलगायतका नेपाली सेनाका तीन जना अधिकृतलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको समाचार सार्वजनिक भएको छ । उनीहरूलाई सैनिक अदालतले सम्पत्ति तथा अनुशासन र आचरणसम्बन्धी कसुरमा जागिर खोस्ने निर्णय गरेको बताइएको छ । दोषी ठहरिएकाहरूसँग हिनामिना गरेको रकमको बिगो असुल गर्ने पनि सैनिक अदालतले निर्णय गरेको छ ।  सैनिक प्रवक्ताका अनुसार सैनिक अदालतले दुई वर्षयता उपरथीसहित करिब डेढ सय अधिकृत र करिब २४ सय जति अन्य दर्जाका सैनिकलाई भ्रष्टाचारको अभियोगमा सजाय दिएको छ ।

    नेपाली सेना अझै पनि अपेक्षाकृत अनुशासित र राजनीतिक हस्तक्षेप मुक्त संस्था थियो । नेपाली सेना पनि भ्रष्टाचार र अनियमिततामा मुछिँदै जान थालेपछि सबैतिर चिन्ता प्रकट हुन थालेको हो । विशेषगरी नेपाली सेनाका हितैषीहरूले सेनाभित्र अनियमितता बढेकोमा बढी चिन्ता प्रकट गरेका थिए । अर्कोतिर, नेपाली सेना भने व्यापार र ठेक्कापट्टामा रमाउन थालेको देखिन्थ्यो । यस परिस्थितिबाट उत्पन्न निराशा केही हदसम्म अहिलेको र केही पहिलेका कारबाहीबाट मत्थर भएको छ । नेपाली सेनाले यस कारबाहीलाई पारदर्शिता र जवाफदेही कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने लक्ष्यअनुसार भएको बताएको छ ।

    यस्तो कारबाही पटके नभई निरन्तर हुनसक्यो भने नेपाली सेना भ्रष्टाचारको दलदलबाट उत्रने विश्वास गर्न सकिन्छ । राजनीतिक क्षेत्र, न्यायालय र कर्मचारी तन्त्रमा व्यापक भ्रष्टाचारका उदाहरण देखिँदा पनि दण्डहीनता देखिएको बेला नेपाली सेनाको यस्तो कारबाहीले सकारात्मक सन्देश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका राज्यका अरू निकायलाई सेनाको भ्रष्टाचारविरुद्धको कारबाही चुनौती हुनपुगेको देखिन्छ ।

    तेस्रो विश्वका धेरै मुलुकमा भ्रष्टाचार संस्थागत हुने तर भ्रष्टाचार नियन्त्रण भने व्यक्ति विशेषमा निर्भर रहने गरेको देखिन्छ । नेपालमा भने लामो समयदेखि भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै गरेको देखिएको छ । हुँदाहुँदा महामारीका बेलामा पनि सरकारी अधिकारीमाथि भ्रष्टाचार गरेको आरोप लाग्यो । त्यस क्रममा नेपाली सेनालाई पनि मुछ्ने प्रयास भएको छ । त्यतिमात्र हैन सेनालाई जिम्मा दिइएको भौतिक निर्माणका काममा राजनीतिक हस्तक्षेपको चर्चासमेत चलेको छ । यस्ता चर्चाले नेपाली सेनाको साख समाजमा गिराउने काम गर्छ । संस्था वा व्यक्तिलाई इज्जत कमाउन जति सजिलो हुन्छ गुमेको इज्जत फर्काउन उत्तिकै कठिन हुन्छ ।

    नेपाली सेनाको नेतृत्व पारदर्शिता र जवाफदेही बढाउन तथा दण्डहीनता अन्त्य गर्न सकारात्मक भएका बेला नाफामूलक व्यवसाय र जनसम्पर्क धेरै हुने निर्माण व्यवसायबाट संलग्नता घटाउनेतर्फ ध्यान जानसके सेनाको साख फर्कनेछ । अरू कुनै निकाय वा व्यक्तिले गर्न नसक्ने र आकस्मिक उद्धारका समयबाहेक सेना आफ्नै क्रियाकलापमा सीमित हुँदा नै पेसाको धर्म निर्वाह हुन्छ । अनावश्यक निजामती काममा संलग्नता र राजनीतिक नेतृत्वसँग अनुचित संसर्ग नहुने हो भने सेनामाथि कसैले औँलो उठाउने छैन । नेपाली सेनाभित्र पारदर्शिता र जवाफदेही बढाउने तथा दण्डहीनता अन्त्य गर्ने अभियान सफल होस् !  बाह्रखरी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑