• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीमेलका ६ ट्रिक्स, थाहा पाइराख्नुहोस् काम लाग्छ

  • वीरगंज संजाल
  • १ भाद्र २०७७, सोमबार ०८:४०
  • ३२५३

    वीरगंज। कार्यालयदेखि स्कूल तथा व्यवसाय सबै तहतप्काका व्यक्तिहरुका लागि जीमेलमा केही न केही काम परिरहेकै हुन्छ । अहिलेको समयमा एन्ड्रोइड फोनको व्यापकताका कारणले पनि प्रत्येक व्यक्तिले जीमेल प्रयोग गरिरहेका हुन्छन् ।

    प्रायः जसो प्रयोगकर्ताहरूलाई जीमेलका आधारभूत सुविधाहरू बारे जानकारी हुन्छ । तर केही निश्चित किसिमका फिचरको जानकारी नहुँदा अक्सर प्रयोगकर्ताहरूका लागि समस्या पनि बनिरहेको हुन्छ ।

    यस्तो अवस्थामा आज हामी तपाईंलाई जीमेलका सिक्रेट केही फिचरहरुको बारेमा बताउँदै छौं । जसले तपाईंको समस्यालाई कम गर्ने मात्र छैनन्, त्यसका साथै जीमेलको स्मार्ट प्रयोगकर्ता समेत बनाउनेछ ।

    म्यूट फिचर

    फिसमा प्रयोग हुने ग्रुप मेलको थ्रेड म्यासेजले कहिले काहिँ तपाईंलाई रिस उठाइरहेका हुनसक्छन् । कामको दौरान थ्रेड म्यासेजहरुले हामीलाई कतिपय समय डिस्टर्ब गरिरहेका हुन्छन् । खास गरेर जब तपाईं घरको काममा व्यस्त हुनुहुन्छ, त्यतिबेला यस किसिमको समस्या महसुस भइरहेको हुन्छ ।

    यसलाई रोक्नको लागि तपाईं एक्टिभ ग्रुपलाई म्यूट गर्न सक्नुहुन्छ । यसले थ्रेडको म्यासेजलाई अर्काइभमा पठाउनेछ । जहाँ तपाईं फुर्सदको समयमा चेक गर्न सक्नुहुन्छ ।

    म्यूट गर्नका लागि थ्रेड म्यासेजको तीन वटा थोप्ला भएको स्थानमा क्लिक गर्नुहोस् । जहाँ म्यूट बटन देखा पर्ने छ । यो क्लिक गर्ने बित्तिकै कुराकानी म्यूट हुनेछ । यसपछि, यदि तपाईं कन्भर्सेसनलाई अनम्यूट गर्न चाहुनुहुन्छ कन्भर्सेसनमा क्लिक गर्नुहोस् र फेरी अनम्यूट बटनमा क्लिक गर्न सक्नुहुन्छ ।

    स्नूज

    स्नूज एकप्रकारको अलार्म बटन हो । यसले तपाईंको समय बचत गर्ने काम गर्दछ । मतलब यदि तपाईंलाई कुनै महत्त्वपूर्ण म्यासेज आयो, जसलाई तपाईं मिस गर्न चाहनु हुन्न ।

    तर त्यस समय तपाईंसँग आरामसँग उक्त म्यासेज पढ्न समय छैन । यस्तो अवस्थामा स्नूज बटन प्रयोग गरेर तपाईं निश्चित समयमा ईमेल चेक गर्न सक्नुहुनेछ।

    यसबाट तपाईंको कुनै पनि ईमेल अपडेट हराउने छैन । स्नूज बटन प्रयोग गर्नका लागि म्यासेजमा ट्याप गर्नुपर्ने हुन्छ। यसपछि तपाईं निश्चित मिति र समयमा स्नूज गर्न सक्नुहुन्छ ।

    अटो एड्भान्स फीचर

    यो चाहिँ अनावश्यक म्यासेज तथा ईमेलहरु डिलिट गर्ने एउटा सजिलो तरिका हो । यसमा एउटा ईमेल मेटाएपछि दोस्रो ईमेल स्वतः रूपमा आउँदछ ।

    यसको मतलब तपाईं फेरी ईनबक्समा जानुपर्दैन । यसका लागि सुरुमा सेटिङमा जानुहोस् । त्यहाँबाट अटो एड्भान्स अप्सन चयन गर्नुहोस् । यसपछि अन बटनलाई इनेबल गर्नुहोस् ।

    एडभान्स सर्च फिचर

    अक्सर ईमेल खोज्न धेरै समय खर्च भइरहेको हुन्छ। यसबाट जोगिनका लागि तपाईं एड्भान्स सर्च अप्सन रोज्न सक्नुहुन्छ । यसलाई प्रयोग गर्न सर्च अप्सनको दायाँतर्फ क्लिक गर्नुपर्ने हुन्छ ।

    जहाँ एक अतिरिक्त ट्याब खुल्नेछ । त्यसबाट तपाईं समय, मिति र कीवर्डको आधारमा आफ्नो इनबक्समा भएको ईमेल खोजी गर्न सक्नुहुनेछ ।

    ठूला आकारका फाइल पठाउने ट्रिक

    जीमेलबाट ठूला साइजका फाइलहरू ट्रान्सफर गर्दा प्रयोगकर्ताले निकै कष्ट महसुस गरिरहेका हुन्छन् । तर एउटा तरिका अपनाउनु भयो भने तपाईं ठूला आकारका फाइल जीमेलमार्फत पठाउन सक्नुहुन्छ ।

    सामान्यतया प्रयोगकर्ताहरु ईमेलमा पीडीएफ, वर्ड डक्स, तस्वीरलाई अट्याच गरेर ट्रान्सफर गरिरहेका हुन्छन् । यदि तपाईंले गूगल ड्राइभमा राखेर त्यसको लिङ्क प्रयोग गर्नुभयो भने तपाईंले २५ एमबीभन्दा ठूला साइजका फाइल समेत सहजै पठाउन सक्नुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑