• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाको उपचारमा प्रयोग गरिने ‘रेम्डेसिभिर’ औषधि आयात गर्न विभागको अनुमति

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार २२:०२
  • ४७०१

    वीरगंज | औषधि व्यवस्था विभागले कोरोनाको जटिल बिरामीको उपचारका लागि प्रयोग हुने रेम्डेसिभिर औषधि आयात गर्न अनुमति दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले  कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि प्रयोग हुने भनिएको औषधि ‘रेमडिसिभिर’ क्लिनिकल ट्रायल अध्ययनका लागि आयातको अनुमति दिन औषधि व्यवस्था विभागलाई शनिबार पत्राचार गरेको थियो । सोही अनुसार विभागले रेम्डेसिभिर औषधि आयात गर्न अनुमति दिएको हो ।

    विभागका महानिर्देशक डा. नारायण ढकालले अहिले क्लिनिकल अध्ययनअन्तर्गत राखेर बिरामीलाई दिने र स्वास्थ्य अनुसन्धान परिषद ( एनएचआरसी) को प्रोटोकल अनुसार प्रयोग गरिने बताए । उनले सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादन भएका रेम्डेसिभिर औषधि मात्र आयात गर्न सकिने जानकारी दिए ।

    यी कम्पनीका पहिलो चरणमा २-२ हजार परिमाणमा ल्याउँदा ६ हजार भायल आउँछन । कोरोनाका लागि तोकिएका अस्पतालमामा रहेका बिरामीहरुलाई दिएर क्लिनिकल अध्ययन गर्न लगाउने उनले बताए  ।

    उनका अनुसार औषधि ऐन २०३५ बमोजिम कुनै पनि नयाँ औषधि क्लिनिकल ‘ट्रायल’ गर्न विभागको स्वीकृति लिनुपर्छ । उनले भने, “अहिले रेम्डेसिभिर औषधि ल्याउछौँ भनेर आवेदन आइरहेको छ तर रेम्डेसिभिरको गुणस्तर र मूल्य हेरेर आवश्यकता अनुसार थपिनेछ ।”

    औषधि ऐनको दफा ३१ मा भनिएको छ, “कसैले कुनै नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न चाहेमा सो कामको लागि विभागबाट तोकिएबमोजिम अनुमतिपत्र लिनुपर्नेछ ।”

    रेम्डेसिभिर कुनै स्थायी रुपमा दर्ता नभएको औषधी रहेको उनले जानकारी दिए । उनका अनुसार अनुसन्धानको लागि ल्याउने औषधिलाई अनुमति दिने प्रक्रियाको लागि समय लागेको हो ।

    यसै साताको अन्त्यसम्ममा उक्त औषधि व्यवसायीहरुले ल्याउने जानकारी आएको विभागले जनाएको छ । यसैगरी औषधि विज्ञ बाबुराम हुमागाईं अनुसार कोरोना संक्रमितक उपचारका लागि प्रयोग भइरहको कुनै पनि औषधि हालसम्म कोरोनाको औषधि यकिन भइ नसकेको अवस्थामा जटिल बिरामीका लागि ‘रेम्डेसिभिर औषधी प्रयोग गर्ने गरेको देखिन्छ । रेम्डेसिभिर कोरोना जटिल बिरामीमा प्रयोग गर्न बिरामी तथा बिरामीको आफन्तको मन्जुरीमा मात्र प्रयोग गर्न मिल्ने औषधि भएको उनी बताउँछन् ।

    “अन्य औषधिमा मन्जुरी नभए पनि हुन्छ तर रेम्डेसिभिर औषधी बिरामी वा बिरामीको आफन्तको मन्जुरीमा प्रयोग गर्नुपर्नेछ,” उनले भने, “रेम्डेसिभिर औषधी जथाभावी प्रयोग गर्न मिल्ने औषधि भने होइन् ।”

    नेपालको प्रोटोलकलमा पनि रेम्डेसिभिर प्रयोग गर्न सकिने मात्र भनिएको छ । तर, कुन अवस्थामा प्रयोग गरिने नभनिएको उनले बताए । उनका अनुसार कोरोनाका जटिल अवस्थामा पुगेका बिरामीलाई अब के प्रयोग गर्ने त, कुनै औषधी छैनन्, यस औषधीलाई विभिन्‍न देशहरुले केही प्रमाणको आधारमा हाम्रा देशका आईसीयू र भेन्टिलेटरमा पुगेका बिरामीका लागि पनि ठिक हुन सक्छ भनेर प्रयोग गरे बिरामीलाई सुधार भयो भनेर प्रयोग गरेका विभिन्‍न अध्ययनहरुले देखाएको छ । तर, शतप्रतिशत कोरोनाको बिरामीका लागि प्रयोग गर्न मिल्ने भनेर प्रमाणित भएको औषधि भने होइन ।

    नेपालमा आफ्नै खर्चमा दुई साताअघि विराटनगरका एक चिकित्सकलाई प्रयोग गरिएको थियो । ती चिकित्सक त्रिवि शिक्षण अस्पतालको आईसीयूमा स्वास्थ्य अवस्था जटिल बनेपछि प्रयोग भएको अस्पतालले जनाएको थियो ।

    अस्पतालका चिकित्सक डा. सन्तकुमार दासका अनुसार ‘रेम्डेसिभिर’ औषधि आईसीयूमा भर्ना भइ अक्जिसनको कमी भएका बिरामीका लागि प्रयोग गरिन्छ ।

    अमेरिकाको जिलिड फर्माले उत्पादन गरेको रेम्डेसिभिर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले कोभिड–१९ का संक्रमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ ।

    सोही अनुसार विभिन्‍न देशहरुले यो औषधि प्रभावकारी रुपमा काम गरेको भन्दै प्रयोग गर्दै आएका विभिन्‍न अध्ययनहरुले देखाएको छ । सन् २०१४ मा रेम्डेसिभिर एन्टिभाइरल इबोलाका बिरामीमा प्रयोग भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑