वीरगंज | ललितपुरमा कोरोना भाइरसबाट संक्रमित भएका एक पुरुषको मृत्यु भएको छ।स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोभिड १९ पोजेटिभ देखिएका ६० वर्षीय पुरुष साउन २० गते दिन पाटन अस्पतालमा उपचार गराइरहेका थिए।
काठमाडौं निवासी पुरुषको अस्पतालमा उपचाररत उनको आइतबार निधन भएको जनाएको हो।
पाटन अस्पतलमा मात्रै कोभिड १९ संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।