वीरगंज। राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फको पोष्ट ग्राजुयसन (पिजी) मा २८६ सिट बढाएको छ ।
आयोगले गत बर्षसम्म ८ सय ३४ रहेको सिटलाई बढाएर १ हजार १ सय २१ पुर्याएको हो ।
जसमा एमडीतर्फ २६१ सिट वृद्धि गरेको छ भने एमडिएमतर्फ २५ सिट बढाइएको छ ।
जसमा त्रिभुवन विश्व विद्यालय तर्फका क्याम्पसहरुलाई ३८६ सिट दिइएको छ भने काठमाडौं विश्वविद्यालय र सो अन्र्तगतका क्याम्पसहरुलाई ३५८ र स्वास्थ्य मन्त्रालय अन्र्तगतका प्रतिष्ठानहरुलाई ३३१ सिट छुट्टाइएको छ ।
नसिङ् तर्फको पोष्ट ग्राजुयसनमा १७७ सिट छुट्टाइएको छ भने पब्लिक हेल्थमा १८७ सिट थपिएको छ ।