वीरगंज | नेपालका बिभिन्न स्थानमा रहेका प्रहरीमा पछिल्लो समय कोरोना संक्रमण देखिन थालेको छ । यस्तै २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा रहेका २ जना डीआईजीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित भएका दुवै डीआइएजीको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले प्रहरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
नेपालमा हालसम्म ३ सय ८० जना प्रहरीमामा कोरोना संक्रमण भएको छ भने २ सय ४० जना प्रहरी निको भइसकेका छन् ।