• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्वोच्चलाई सरकारको जवाफ– संवैधानिक आयोगका नियुक्ति न्यायिक क्षेत्रभित्र पर्दैन

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार १६:०२
  • २५६९

    वीरगंज | सरकारले संवैधानिक आयोगको नियुक्ति न्यायिक कार्यक्षेत्रभित्र नपर्ने भन्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेजीको माग गरेको छ।
    संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्बबाट पदाधिकारी नियुक्ति हुने भएकाले सर्वोच्चमा परेको रिट औचित्यहिन भएको जवाफ सरकारले सर्वोच्च अदालतलाई पठाएको छ। ‘हामीले सम्मानित अदालतको आदेश अनुसार रिट खारेजीको लागि केही कारण सहितको जवाफ दिएका छौँ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका कानुन सचिव धनराज ज्ञवालीले काठमाडौँ प्रेससँग भने।

    गत साउन १३ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले  पाँच  वर्षसम्म संवैधानिक आयोगहरूमा नियुक्ति नहुनुको कारण पेश गर्न सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

    सरकारले त्यसको जवाफ साउन २८ गते सर्वोच्चमा पेश गरेको छ । सर्वोच्चको आदेशबारे जवाफ दिँदै सरकारले पत्रमा रिट पूर्वाग्रहपूर्ण रहेको, संवैधानिक आयोगका नियुक्ति न्यायिक क्षेत्राधिकारको विषय नभएको भन्दै उक्त रिट खारेज हुनुपर्ने जनाएको छ।

    मौलिक हकका कानुन बनिसकेको अवस्थामा कानुनै नबनेको दाबी सहित रिट दायर भएकाले रिट पूर्वाग्रहपूर्ण रहेको तर्क पनि सरकारको जवाफमा छ। ‘मौलिक हकको कार्यान्वय सम्बन्धी १६ वटा विधेयक सरकारी विधेयकको रुपमा संघीय संसदमा पेश भई पारित भएको र मौलिक हकका ऐन कार्यान्वयनका लागि आवश्यक नियमहरु जारी भएकाले मौलिक हक कार्यान्वयनको कानूनी व्यवस्था नभएको भन्ने रिटमा गरिएको दाबी पूर्वाग्रहपूर्ण देखिन्छ,’ सरकारले सर्वोच्चलाई पठाएको जवाफको बुँदा  नम्वर २ मा भनिएको छ।

    संवैधानिक आयोगमा नियुक्त नहुँदाका कारणले कसैको संवैधानिक तथा कानूनी हकमा आघात नपुग्ने पनि सकारको तर्क छ। संवैधानिक परिषद्को बैठक मार्फत आयोगहरुमा नियुक्ति हुने भएकाले रिट निवेदनमार्फत माग गर्नुपर्ने कारण नदेखिएको जवाफ सरकारको छ। ‘संविधानले व्यवस्था गरेका संवैधानिक निकायका पदाधिकारीहरु संविधान बमोजिम नियुक्त हुने हुँदा प्रस्तुत विषयमा अदालतबाट कुनै आदेश जारी हुनु पर्ने देखिँदैन,’ सरकारको जवाफको बुँदा ३ मा लेखिएको छ।
    निवेदनमा संवैधानिक परिषद्बबाट के कस्ता अधिकारको हनन भएको भन्ने आधार र कारण पेश नभएकाले रिट खारेज हुनुपर्ने सरकारको माग छ। ‘रिट निवेदनमा विपक्षी निवेदकले दाबी गर्नु भएको विषयमा संवैधानिक परिषदको संलग्नता एवं प्रत्यर्थी बनाउनुको आधार कारण खुलाउन नसकेको हुँदा रिट निवेदन खारेजभागी छ,’ बुँदा ७ मा  भनिएको छ।

    अधिवक्ता विष्णुप्रसाद पोखरेलले संवैधानिक निकायहरुका रिक्त रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिट निवेदनमा    जनताको संवैधानिक अधिकार हनन् भएमा अनुगमन गर्ने आयोगलाई पूर्णता नदिने सरकारको काम गैरकानुनी भएको दाबी  गरिएको थियो। यस्तै  संविधानले ग्यारेन्टी गरेका मौलिक हकहरूसमेत कुन्ठित हुँदा यी आयोगहरू मौन बस्नुपर्ने अवस्था भएको निवेदनमा जिकीर गरिएको थियो।

    संविधानको धारा २५२ देखि २६४ सम्म संवैधानिक आयोगको व्यवस्था गरिएको छ। संविधान अनुसार गठन भएका १० आयोगलाई भने पूर्णता दिन सकेको छैन। १० वटा संवैधानिक निकायमा ४० वटा पद रिक्त छन्। आदिवासी तथा जनजाति आयोगमा अध्यक्षसहित चार सदस्य नियुक्ति हुन बाँकी छ। यस्तै, राष्ट्रिय महिला आयोगमा पनि अध्यक्ष र चार सदस्य रिक्त छ।

    राष्ट्रिय दलित आयोगमा पनि अध्यक्ष र चार सदस्य नियुक्ति गर्न बाँकी छ। मुस्लिम आयोग, थारु आयोग, मधेसी आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार(चार सदस्य रिक्त छ। सरकारले समावेशी आयोगमा अध्यक्ष र तीन सदस्य नियुक्ति गर्न बाँकी छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त र निर्वाचन आयोगमा दुई आयुक्त नियुक्त गर्न बाँकी छ।

    संवैधानिक निकायमा नियुक्तिका लागि संवैधानिक परिषद्‍को बैठक बस्नुपर्ने हुन्छ। पार्टीको आन्तरिक किचलोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक राख्न सकेका छैनन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑