• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेरुतमा जस्तै कुन कुन देशमा स्टोर गरिएको छ अमोनियम नाइट्रेट ?

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार १७:०७
  • २४०५

    बीबीसी । बेरुतमा भएको अमोनियम नाइट्रेट विस्फोटनपछि अहिले यसको सुरक्षित भण्डारण सम्बन्धी विश्वव्यापी रुपमा चिन्ता व्यक्त गरिएको छ । कृषिमा मल र उत्खननमा विस्फोटकका रुपमा प्रयोग गरिने हुनाले नै यसको सबैतिर व्यापक प्रयोग हुने गरेको छ ।

    तर यसलाई कस्तो ठाउँमा र कति समयसम्म स्टोर गरि राख्ने भन्नेमा चाहिँ कडा नियम लागू गर्न जरुरी मानिन्छ किनकि तेललगायत अन्य मिसावट भएमा यसले धेरै ठूलो क्षति गर्न सक्ने बेरुत घटनाले स्पष्ट पारिसकेको छ । प्रायः देशहरुमा यसको दुरुपयोग हुन नदिन भण्डारणको स्थललाई गोप्य राख्ने गरिन्छ ।

    भारत :  भारतको मुख्य सहर चेन्नाइस्थित घना बस्ती भएको क्षेत्रबाट २० किलोमिटर टाढा ३७ वटा कन्टेनरमा झन्डै ७४० टन अमोनियम नाइट्रेट पाँच वर्षदेखि स्टोर गरि राखिएको छ । २०१५ मा कृषिजन्य प्रयोगका लागि भन्दै दक्षिण कोरियाबाट निर्यात गरि ल्याइएको सो केमिकल त्यहाँ राखिएका विरुद्ध तामिल नाडु प्रदेशका अधिकारीहरुले कानुनी लडाइँ लड्दै आएका छन् ।

    तर कम्पनीले अझै पनि त्यसलाई नहटाएपछि अनुसन्धान गरिएको हो जस क्रममा सो सामग्री बिनाआधिकारिक लाइसेन्स त्यहाँ ल्याइएको पाइएको थियो । भने अपरिचित रुपमा निजी व्यक्ति र उत्खनन् गर्ने कम्पनीहरुलाई बिक्री गर्ने गरिएको पनि पत्ता लागेको हो ।
    यसबीच २०१५ मा त्यहाँ बाढी आएपछि केमिकल बिग्रँदा थोरै मात्रामा त्यसलाई अन्तै लगेर फालिएको थियो । तर अझै पनि बाँकी ६९७ टन अमोनियम छिमेकी प्रदेश तेलंगनासम्म पुर्याएर राखिएको जनाइएको छ ।

    यमन : युद्धग्रस्त यमनमा महान्यायधिवक्ताले दक्षिणतर्फको एडेन पोर्टमा १०० कन्टेनर अमोनियम नाइट्रेट राखिएको सम्बन्धी मिडियाले दिएको खबरबारे अनुसन्धान गर्न धेरैपटक आदेश दिइसकेका छन् । खबरका अनुसार त्यहाँ तीनवर्ष अगाडि साउदीद्वारा नेतृत्व सैन्य बलले सो केमिकल निर्यात गरि ल्याएको थियो । यसबारे एडेनका गर्भनर तारिक सलामले भनेका छन्, “सो पोर्टमा खतरनाक कार्गो स्टोर गरि राख्नमा त्यही सैन्य बल जिम्मेवार छ ।

    त्यहाँ १३० कन्टेनरमा झन्डै ४,९०० टन सम्म अमोनियम नाइट्रेट राखिएको हाम्रो अनुमान छ ।”
    तर ‘यमन गल्फ अफ एडेन पोर्टस कोर्पोरेसन’ ले भने ती कन्टेनर वास्तवमा अर्गानिक युरिया मल स्टोर गर्नका लागि प्रयोग गरिएको बताउँदै आएको छ । उनीहरुले त्यो रेडियोएन्टिभ र विस्फोटक सामग्री दुईटै कुरा नभएको बताइरहेका छन् । र कानुनी रुपमा त्यसको व्यवस्थापन र स्टोर गर्न निषेध नगरिएको पनि तिनको भनाइ छ ।

    इराक : इराक सरकारले आफ्ना पोर्ट र विमानस्थलहरुमा कुनैपनि विस्फोटक वा क्षति पुर्याउन सक्ने जोखिमयुक्त सामग्री भएमा तुरुन्तै त्यस सम्बन्धी जानकारी दिन आदेश दिएको छ । यसबीच सरकारले बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा अमोनियम नाइट्रेट स्टोर गरि राखिएको पत्ता पनि लगाएको हो ।

    गत अगस्ट ८ मा एक सैन्य अधिकारीले यस सम्बन्धी ट्वीट गर्दै भनेका छन्, “इराकको रक्षा मन्त्रालयको सैन्य इन्जिनियर विभागले सुरक्षित रुपमा अति खतरनाक सामग्रीलाई बग्दाद विमानस्थलको हवाइ कार्गो विभागबाट सैन्य इन्जिनियरिङ प्रबन्ध विभागको वेयरहाउस सम्म पुर्याइसकेको छ । ”

    अष्ट्रेलिया : बेरुत विस्फोटन भन्दा अगाडि देखि नै न्यु साउथ वेल्स स्थित न्युक्यासलका वासिन्दाहरुले सिटीसेन्टरबाट केबल तीन किलोमिटरको दुरीमा राखिएको अमोनियम नाइट्रेटको ठूलो भण्डारण सम्बन्धी गुनासो गर्दै आएका थिए । उनीहरुले त्यसको मात्रा कम गर्न वा त्यसलाई पूर्ण रुपमा हटाउन धेरैपटक माग गरिसकेका छन् ।

    तर उत्खनन् उद्योगलाई विस्फोटक सामग्री आपूर्ति गर्ने ओरिका कम्पनीले ती पदार्थहरु अति सुरक्षित व्यवस्थापनका साथ राखिएको हुँदा कुनै समस्या नहुने बताउँदै आएको छ । यसरी दक्षिण अष्ट्रेलियाको सुरक्षा निरीक्षक, सेफवर्क, एसएका अनुसार भारी निगरानी र निरीक्षणका साथ सो क्षेत्र भर १७० साइटमा अमोनियम नाइट्रेट स्टोर गरि राखिएको छ ।

    बेलायत : बेलायतको हम्बर क्षेत्रस्थित रहेको ठूलो पोर्ट लिनकोइनसाइर सहित अन्य साइटहरुमा पनि अहिले अमोनियम नाइट्रेटको भण्डारण सम्बन्धी अनुसन्धान भइरहेको छ । ती साइटहरु सञ्चालन गर्ने ‘असोसिएटेड ब्रीटिश पोर्ट, एबीपी’ का अनुसार बेलायती पोर्टहरुले त्यस किसिमका सामान स्टोर गर्दा सुरक्षा सम्बन्धी अधिक नियमहरु पालन गर्नुपर्छ र त्यसको व्यवस्थापनमा पनि उचित सावधानी अपनउनुपर्ने कानुन पनि रहेको छ ।

    यसबीच पोर्टसमाउथ पोर्टमा आधारित एक कम्पनीले अमोनियम नाइट्रेट स्टोर गर्न भनि दिएको निवेदन फिर्ता लिएको छ र सो पदार्थ साइटमा नलगिने बताएको हो । यो निर्णय बेरुत विस्फोटपछि लिइएको भएपनि कम्पनीले सुरक्षा सम्बन्धी समस्या नभएर व्यवसायिक कारणले अमोनियम स्टोर नगर्न लागेको बताएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑