अमेरिकाको कोरोना भाइरसविरुद्धको भ्याक्सीन प्रभावी छ वा छैन भन्ने कुरा पत्ता लगाउनका लागि ट्रायल भईरहेको छ । तर अमेरिकाले एक नयाँ कोरोना भाइरस स्ट्रेन तयार गरेको छ ।
जसबाट जानी जानी भ्याक्सीन लगाएका स्वास्थ भ्यालेन्टियसलाई संक्रमित बनाउन सकिन्छ ।
रोयटर्सको रिपोर्टका अनुसार अमेरिकी सरकारको स्वास्थ्य एजेन्सीले ह्यूमन च्यालेन्ज ट्रायलका लागि काम शुरु गरेको बताएको छ ।
विशेष गरेर भ्याक्सीनको ट्रायलको बेला भ्यालेन्टियर्सलाई यो डोज दिइन्छ । फेरि उक्त भ्यालेन्टियर्स कोरोनाको सम्पर्कमा आओस् भनेर प्रतिक्षा गरिन्छ ।
उनीहरुको शरीरमा भएको ठूलो प्रभावको बारेमा विश्लेषण गरिन्छ । यदि उ बिरामी भएन भने भ्याक्सीन सफल मानिने छ ।
भ्यालेन्टियर्सलाई आफैँ भाइरसको संक्रमणमा आउनको लागि समय लाग्न सक्छ, र ट्रायलमा ढिलाई हुन सक्छ ।
त्यसैले अमेरिकाले एक नयाँ कोरोना भाइरस स्ट्रेन बनाएर भ्यालेन्टियर्सलाई संक्रमित गर्ने योजना बनाएको हो ।
यसलार्य ह्यूमन च्यालेन्ज ट्रायल भन्ने गरिन्छ । यसलाई लिएर केहि विवाद पनि भईरहेका छन् ।
ह्यूमन च्यालेन्ज् ट्रायलमा सहभागी हुनेहरुलार्ई खतरा पनि हुन सक्ने भएकोले विवाद भएको हो । अमेरिकामा यो नयाँ कोरोना भाइरसको स्ट्रेन बनाउने काम शुरुवाती चरणमा रहेको छ ।
एजेन्सीको सहयोगमा