• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना नियन्त्रण भन्दै जनप्रतिनिधिलाई भत्ता, गाउँपालिका अध्यक्षको खातामा १२ लाख

  • वीरगंज संजाल
  • ३१ श्रावण २०७७, शनिबार १९:२०
  • ४३६१

    वीरगंज | कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा स्थानीय तहहरुले व्यापक अनियमतता गरेको देखिएको छ।सिरहाको औरही गाउँपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि २ करोड २० लाख ८० हजार ९ सय २९ रुपैयाँ खर्च गरेको हिसाब जिल्ला प्रशासन कार्यालय सिरहामा बुझाएको छ। पालिकाले खर्च हिसाब बुझाए पनि कुन सामग्रीमा कति खर्च गरेको छ त्यो नदेखाई एकमुष्टै रकम देखाएको छ।

    स्थानीय तह सेवा संचालन सम्बन्धी ऐन अनुसार कार्यपालिका बैठक बाहेक जनताको सेवा गरेवापत जनप्रतिनिधिले कुनै प्रकारको भत्ता लिन नपाउने व्यवस्था रहेको छ तर औरही गाउँपालिकाका प्रमुख सिद्धार्थ यादवले पदाधिकारीको भत्ता भनेर करीब १२ लाख रुपैयाँ लिएका छन्।

    गाउँपालिकाका जनप्रतिनिधिले कोरोनामा काम गरे वापत लाखौ रुपैयाँ भत्ता लिएपनि सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई भने कुनै भत्ता प्रदान गरिएकाे छैन।

    औरही गाउँपालिकाका उपाध्यक्ष सीता कुमारीले कार्यपालिका बोर्ड बैठकको निर्णयबाट पदाधिकारीलाई भत्ता दिइएको तर कसलाई दिइयो भन्ने सम्बन्धमा आफूलाई थाहा नरहेको बताइन्।यता निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले पदाधिकारीको भत्ता रकम कर्मचारीलाई नभई जनप्रतिनिधिका लागि खर्च गरिएको बताए।

    ‘११ लाख ९६ हजार ६ सय रुपैयाँ एकमुष्टै चेकमार्फत नगर अध्यक्ष सिद्धार्थ यादवको खातामा जम्मा गरिएको हाे। त्यो रकम के कति कसलाई वितरण गरिएको हो भन्ने कुरा प्रमुख जीलाई नै थाहा हाेला’,  उनले भने।पदाधिकारीको भत्तामा मात्र नभई गाउँपालिकाले कोरोना भाइरस रोकथाम खर्चमा एक मुष्टै २८ लाख २४ हजार ३ सय ८७ खर्च देखाएको छ तर कुन सामग्री कति खरीद गरिएको छ त्यो केही उल्लेख गरिएको छैन।

    गाउँपालिकाले करिब ५ हजार घरधुरी रहेको नगरमा प्रत्येक घरधुरीका परिवारको लागि झुलमा ५३ लाख ६९ हजार १ सय ९५ रुपैया खर्च गरेको देखाएकाे छ। बजारमा सो रकममा १५ हजारभन्दा बढी झुल किन्न सकिन्छ। तर पालिकाले कति झुलको किनेको छ त्यो उल्लेख गरेको छैन।त्यस्तै गाउँपालिकाको दुई वटा क्वारेन्टिन र महेन्द्र गेनाई अस्पतालको क्वारेन्टिनको व्यवस्थामा ३२ लाख ५१ हजार २ सय ९२ रुपैयाँ खर्च गरेको छ। त्यस्तै राहतमा ८३ लाख ४२ हजार ३ सय ३२ रुपैयाँ, स्वास्थ्यकर्मीकाे भत्तामा ८ लाख २ हजार ७ सय २३ रुपैयाँ, कर्मचारीका लागि भत्तामा २ लाख ९४ हजार ४ सय रुपैयाँ खर्च गरिएको वितरण देखाइएको छ।

    यसभन्दा पहिले सिरहाकै सिरहा नगरपालिकाले कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि खर्च गरेको विवरणमा ४ सय ९ रुपैयाँको तकियामा २८ सयभन्दा बढीको खोल खरिद गरेको खर्च विवरण सार्वजनिक गरेको थियो।नगरपालिकाले खर्च गरेको तथ्यांक सार्वजनिक भएपछि चौतर्फी आलोचना भएपछि अख्तियारले यस विषयमा छानविन थालेको छ। अख्तियारले नगरपालिकामा छापा मारेर फाइलहरु नयन्त्रणमा लिएको थियो।

    साउन ३१, २०७७ मा प्रकाशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
  • पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट
  • मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’
  • नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

    सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नामावलीसहित)

    पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

    पर्सामा सशस्त्र प्रहरीद्वारा खेतबाटै १०६ बोरा गँहु र २८ बोरा चामलको कनिका बरामद

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    News

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    News

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    News

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    News

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑