• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बिहीबार ०९ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नाका प्रवेशमा चेकजाँच फितलो, जोखिम अझै बढ्न सक्ने

  • वीरगंज संजाल
  • ३१ श्रावण २०७७, शनिबार १८:४५
  • ३१६१

    वीरगंज |  जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएसँगै जिल्लाको सिमा प्र्रवेश नाकामा थप कडा गर्न प्रशासनले निर्देशन दिएको छ । प्रशासनले जिल्ला प्रवेश नाका मध्यपहाडी तथा पूर्वी क्षेत्रबाट बिपी राजमार्ग हुँदै सवारी आवागमन हुने स्थान मङ्गलटार, सिन्धुपाल्चोक र दोलखाबाट अरनिको राजमार्ग हुँदै आवागमन हुने नाका दोलालघाट तथा उपत्यकामा आवागमन हुने मुख्य नाका साँगामा थप कडाइ गरेको छ ।

    प्रशासनको निर्देशन प्रभावकारी रुपमा कार्यान्वयन भएको भने देखिदैन । झट्ट हेर्दा उपत्यका प्रवेश नाका साँगामा सुरक्षकर्मीले निक्कै कडाईका साथ चेकजाँच गरेको जस्तो देखिन्छ । तर खासमा त्यस्तो छैन । नाकामा गरिने चेकजाँचमा एक रुपता देखिँदैन । सवारी साधनलाई निकै कडाईका साथ चेकजाँच भइरहदा पैदलयात्रुलाई भने बिना सोधपुछ उपत्यका प्रवेश गराइन्छ ।

    केही समय अघि नाका प्रवेश गर्नेहरुको स्वास्थ्य परिक्षणका लागि साँगामा बुथ राखेको थियो । जसले एक हप्ताभन्दा बढि सेवा प्रवाह गर्न सकेन । हालको लागि पनि परिक्षणको लागि भनेर सुरक्षाकर्मीहरु थर्मगन सहित ड्युटीमा खटिएका त छन् । तर उपत्यका प्रवेश गर्ने यात्रुको ज्वारो समेत मापन नभएको देखिएको छ । यसरी बिना परिक्षण दिनानुदिन सयौँ यात्रु उपत्याका प्रवेश गर्दा जोखिम बढ्ने देखिन्छ ।

    सरकारले उपत्यका बाहिर अन्तर जिल्लामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्र सार्वजनिक सवारी सञ्चालन गर्ने निर्देशन दिएको थियो । तर सार्वजनिक सवारीले मापदण्ड पालना नगरेको भन्दै यात्रुले गुनासो गर्दै आएका छन् । केही दिन अघिसम्म जोखिम मोलोरै साँगासम्म यात्रा गरेका यात्रुलाई बसले साँगाको चेकजाँच स्थलभन्दा अलि वरै ओरालिदिन्थ्यो । पदैल हिँडेर साँगासम्म पुगेका कसैकोपनि स्वास्थ्य परीक्षण हुँदैन ।

    सागाँबाट ५ किलोमिटर हिडेर झक्तपुरको जगाते पुुगेपछि पुन राजधानी प्रवेश गर्ने विभिन्न स्थानका सवारी पाइन्थ्यो । तर, एक जिल्लाबाट अर्काे जिल्ला जान नपाउने भन्दै काभ्रे र भक्तपुरका यात्रुुलाई बिच बाटोमै ओरोल्दा उनीहरुले सास्ती व्यहोर्नु परेको थियो । पैसा हुनेले मंहगो रकम तिरेर ट्याक्सीमा जाने गरेका थिए भने आर्थिक अवस्था कमजोर भएकाहरु हिडेरै ५ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता थियो ।

    तर जिल्लामा कोरोनाको जोखिम बढेपछि शुक्रबारबाट बनेपाबाट सार्वजनिक यातायातलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ । त्यस्तै जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले यस अघि नै अनुमतिबिनाका सवारीलाई पूर्णरूपमा रोक लगाइसकेको थियो । बनेपादेखि हिँडेरै यात्रा गरिरहेका यात्रुहरुको चेकजाँच नहुँदा यसले झनै बढि जोखिम थप्ने देखिन्छ । यो त रहयो उपत्यका प्रवेश गर्ने कुरा, तर काभ्रे प्रवेशमा कुनै रोकावट र चेकजाँच छैन । यसरी चेकजाँच नहुदाँ काभ्रेमा कोरोनाको जोखिम झनै बढ्ने देखिन्छ ।

    जिल्लामा बढ्दै गएको कोरोनाको जोखिम र नाका प्रवेशमा चेकजाँचका विषयमा उपत्यकामा आवागमन हुने मुख्य नाका साँगामा शुक्रबारबाट थप कडाइ गरिएको र प्रशासनले सवारी पास खारेज गरेसँगै अनुमतिबिनाका सवारीलाई पूर्णरूपमा रोक लगाइसकेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना बताउँछन् ।

    उनका अनुसार स्वास्थ्य निर्देशिका बमोजिम सवारी साधनमा यात्रा गर्ने र पैदल यात्रुले स्वास्थ्य सुरक्षाका मापदण्ड कोही कसैले पालना नगरेको पाइएमा कारवाही गर्दै आएको हो । ‘हाल काभ्रेबाट अन्य जिल्लामा जाने सार्वजनिक यातायात बस, मिनीबस तथा माइक्रोबससमेतलाई पास नदिने निर्णय भएको छ,’ उनले भने, ‘अत्यावश्यक सवारीका हकमा पासमा उल्लेख भएका यात्रु सङ्ख्याको बारेमा समेत विशेष निगरानी गरिनेछ ।’

    यसैबीच उच्च जोखिमका कारण बढी जनघनत्व भएका शहरबाट जिल्लामा आउनेलाई स्थानीय क्वारेन्टिन वा होम क्वारेन्टिनमा बस्ने सुनिश्चिततापछि मात्रै अनुमति दिइएको छ । यसका लागि स्थानीय तहले आफ्ना नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने ग्यारेन्टी गरेपछि मात्रै कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले सहजीकरणको व्यवस्था मिलाएको हो । आवागमन गर्ने नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने विषयमा सम्बन्धित पालिकाद्वारा सुनिश्चितता भएपछि मात्रै अनुमति दिइने पोष्टले जनाएको छ ।

    पोष्टका अनुसार हाल जिल्लामा स्थलमार्ग अथवा हवाईमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरहको सुविधा भएको ब्यहोरोसहित होम क्वारेन्टिनमा बस्न अनुरोध गर्नुपर्छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिमको होम क्वारेन्टिन सम्बन्धी नियम पालना गर्ने गरी होम क्वारेन्टिन बस्ने अनुमति दिइने निर्णय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑