• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मन्दिर बनाउन अर्बाैँ खर्चने सरकारकाे लाजमर्दाे काम

  • वीरगंज संजाल
  • ३१ श्रावण २०७७, शनिबार १८:१५
  • २२१७

    वीरगंज | ठूलो पहिरो जाने निश्चित भएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा राज्यले हारगुहार गर्दा पनि तारजाली व्यवस्था नगरेपछि ३७ जनाले ज्यान गुमाउनु परेको छ ।

    २०७२ को भूकम्पले हल्लाएको गाउँलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमपूर्ण गाउँको सूचिमा राखेपनि पहिरो नियन्त्रणका लागि राज्यले केही वास्ता नगरेपछि शुक्रबार बिहान ३७ जनाको ज्यान गएको हो ।

    प्राधिकरणले सो गाउँलाई जोखिम न्यूनीकरण गरेर मात्र बस्ती बसाल्नुपर्ने वा बस्तीलाई पहिरोबाट जोगाउन केही संरचना बनाउनुपर्ने गाउँको सूचीमा राखेको थियो । भूकम्प गएको ५ वर्ष बित्यो, १२० घरधुरी भएको यो गाउँलाई पहिरोबाट बचाउन खासै काम भएन । त्यसका लागि सुरुमा ठूलो पहिरोमा जल प्रकोप उत्पन्न विभागले र तारजाली लगाएर हुने ठाउँमा भूसंरक्षण विभागसँग सहमति भएको थियो ।

    ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको तर कसैले वस्ती स्थानान्तरका लागि पहल नगरेको कारण ठूलो क्षती भएको वडा अध्यक्ष प्रताप लामाले बताए। यसमा सबैभन्दा ठूलो कमजोरी राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणको छ । प्राधिकरणलाई नेताहरुले आफन्त भर्तिकेन्द्र र कर्मचारीले लुटको स्वर्ग बनाएका छन् ।

    प्राधिकरणले समयमै जोखिमपूर्ण बस्ती स्थानान्तरण वा पहिरो रोकथामको कुनै काम नगरेको स्थानीय बताउँछन् । त्यसैले बस्तीलाई सुरक्षित बनाउन काम नभएपछि दुई परिवार भने गाउँ छाडेर सेलाङ सरेका थिए । केही परिवार सार्वजनिक जंगलमा अस्थायी टहरा बनाएर बसेपनि दीर्घकालीन विकल्प नभएपछि उनीहरु फेरी जोखिमयुक्त लिदि बस्तीमा नै फर्किन बाध्य भएका थिए ।

    गाउँमाथी भूकम्पले हल्लाएर धाँजा फाटेको पहाड, यसैवर्ष चलाएको डोजर र मोटरबाटो पु¥याइएको र तलतिर बलेफी खोलामा निर्माणाधीन ३६ मेगावाटको अपर बलेफी हाइड्रोको सुरुङमार्गका कारण पहिरो गएको स्थानीयको भनाइ छ ।

    केहीसमय पहिला बाह्रबिसेको पहिरो गएपछि लिदिबासी ज्यान जोगाइदिन माग गर्दै स्थानीय जनप्रतिनिधि कहाँ पुगेर सकेसम्म बस्ती नै सारिदिनुपर्ने उनीहरुको माग पनि गरेका थिए । त्यसपछि गाउँपालिकाले भौगर्भिक अध्ययन गरिदिन आग्रह गर्दै जिल्ला विपद व्यवस्थापन समितिमा पत्र पठाएको जुगल गाउँपालिकाका प्रशासकीय अधिकृत लोकबहादुर बिकले बताए । तर ‘प्रदेशमा पत्राचार भइसकेको थिएन ।

    सरकारी यही अलमलकैबीचमा गाउँमाथिबाट खसेको पहिरोले १३ घर पूर्णरुपमा क्षतिग्रस्त हुनका साथै र ३७  वटा घरमा ठूलो क्षति भएको छ । पहिरोमा परेका ११ जनाको शव भेटिएको छ भने २७ जना हराइरहेका छन् ।

    पूर्वजानकारी पाएपनि मानवीय क्षति रोक्न नसक्नु लाजमर्दो विषय भएको जलाधारविद् मधुकर उपाध्याय बताउँछन् ।  यस्तो लापरवाही हुने हो भने प्रविधिले जतिसुकै विकास गरे पनि फाइदा लिन नसक्ने उनको भनाइ छ । बेलैमा सावधानी अपाउँदा चार वर्ष पहिले म्याग्दीमा एक सयभन्दा बढीको ज्यान जोगिएको सो उपाय अपनाएको भए लिदिवासीलाई पनि बचाउन सकिने उनको भनाई छ ।

    गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ भने आफूहरुले बचाउने प्रयास गर्दै नगरेको मान्न तयार छैनन् । ‘गाउँपालिकाले केही त्रिपाल र तीन वटा चाइनिज टेण्ड पठाएपछि पानी परेका बेला र रातको समयमा गाउँभन्दा पारी सार्वजनिक स्थलमा त्रिपालमा सामूहिकरुपमा बसोबास गर्ने गरेका थिए । तर बिहान बस्तुभाउलाई घाँसपानी गर्न घरमा पुग्थे । शुक्रबार पनि केही बिहानै पुगेका थिए, त्यहीबेला घरमाथिबाट आएको पहिरोले घरगोठसँगै उनीहरुलाई बगाएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑