वीरगंज। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी (प्रधानमन्त्री नरेन्द्र मोदी)बीच टेलिफोन वार्ता भएको छ ।
शनिबार बिहान दुई देशका प्रधानमन्त्रीबीच करिब ११ मिनेट कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दियो ।
लिम्पियाधुरासहितको भूभाग नेपालले आफ्नो नक्सामा समेटेपछि दुई देशको सम्बन्ध चिसिएको थियो । र, प्रधानमन्त्री तहमा संवाद हुन सकेको थिएन ।
भारतको स्वतन्त्रता दिवसको सन्दर्भ पारेर दुई अध्यक्षबीच वार्ता भएको बताइएको छ । वार्तामा द्विपक्षीय हित प्रबद्र्धन र कालापानी विवादबारे पनि कुराकानी भएको स्रोतको दाबी छ ।