• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा र बारामा थप २३ जना कोरोना संक्रमित

  • वीरगंज संजाल
  • ३१ श्रावण २०७७, शनिबार ११:३७
  • ४८०५

    वीरगंज।पर्सा र बारामा थप २३ जना कोरोना संक्रमित  थपिएका छन्। वीरगञ्जस्थित नारायणी हस्पिटलको ल्याबमा विभिन्न व्यक्तिहरुको पिसिआर प्रविधि मार्फत स्वाब परिक्षण गर्दा थप २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

    सङ्क्रमितमा अस्पतालमा कार्यरत कर्मचारी, सरकारी वकिलको कार्यालयमा कार्यरत कर्मचारी, बैंकर र होटलमा कार्यरत कर्मचारीपनि रहेका छन् ।विभिन्नस्थानबाट श्रावन २६ गतेदेखि ३० गतेसम्म जम्मा गरिएको स्वाब परिक्षण गर्दा शुक्रबार राती बारा जिल्लाको २ जनासहित थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरुको उमेर समुह ११ वर्षदेखि ६० सम्म रहेको छ । थपिएका सङ्क्रमितमा ७ जना महिलापनि रहेका छन् ।

    अस्पतालले दिएको जानकारी अनुसार सङ्क्रमितमध्ये २ जना नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर हस्पिटलमा कार्यरत कर्मचारीपनि रहेका छन् । दुवै सङ्क्रमित हाउस किपिंङ स्टाफ हुन् ।त्यस्तै नारायणी वयोधा हस्पिटल वीरगञ्जका एक जना हाउस किपिङ स्टाफ र एक जना क्यान्टिनमा कार्यरत स्टाफसहित दुई कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    सङ्क्रमित हुनेमा एक जना उच्च सरकारी वकिलको कार्यालयका खरिदार पनि रहेका छन् । त्यसैगरी स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका एक जना सह प्रबन्धक, जितपुरसिमरा उपमहानगरपालिकास्थित नेपाल इन्भेस्टमेन्ट बैंक जीतपुर शाखाका एक जना कर्मचारीमापनि सङ्क्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

    वीरगञ्जमा रहेका सङ्क्रमितहरुलाई खाना खुवाउने जिम्मा लिएको हिमाल भान्छा घरका एक जना कर्मचारीमा पनि सङ्क्रमित भएका छन् ।वीरगञ्ज महानगरपालिकाको वडा नं. ६ माइस्थानका एक जना १९ वर्षीय पुरुष र एक जना ४० वर्षीय महिलागरी २ जना सङ्क्रमित भएका छन् भने वडा नं. २ छापकियाँ २ की एक जना २६ वर्षीय महिला सङ्क्रमित भएकी छन् ।

    त्यस्तै वडा नं. १३ राधेमाईका एक जना ४२ वर्षीय पुरुष, वडा नं. १५ भिस्वाका र लक्षुमनवा ३० र ६० वर्षीय पुरुषगरी २ जना, वडा नं. १६ नगवाकी एक जना ४२ वर्षीय महिला, वडा नं. १८ भवानीपुरका ३० र ५५ वर्षका गरी २ जना पुरुष, वडा नं. २० अपौनी र हरपतगञ्जकी ११, ३५ र ६५ वर्षीय महिला र एक जना ५३ वर्षीय पुरुषगरी ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै परवानीपुरका एक जना र वीरगञ्जकै वडा नं. नखुलेका ४ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै पर्साको पर्सागढी नगरपालिका वडा नं. ८ का एक जना २३ वर्षीय पुरुष र बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १२ की १ ४१ वर्षीय महिला र जितपुरसिमरा उपमहानगरपालिकाका एक २८ वर्षीय पुरुषगरी २ जनामा सङ्क्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिनटेन्डन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

    थपिएका सङ्क्रमितमध्ये अधिक्तम कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये छन् भने केही स्वेच्छाले आफ्नो जाँच गराएका मध्ये पनि छन् । एक जना महिला सङ्क्रमितलाई विगत दिनदेखि सामान्य ज्वरो आईरहेको र लक्षण देखिएको डा. उपाध्यायले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑