• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मानिस- सर्वाधिक दुर्बल भाइरस !

  • वीरगंज संजाल
  • ३० श्रावण २०७७, शुक्रबार १३:४६
  • ३०९७

    वीरगंज | मानिस सर्वाधिक दुर्बल भाइरस हो। मानिसको जन्म र मृत्यु उसको अधीनमा छैन।तैपनि मानिस यो ब्रह्माण्डकै अधिपति हुने चाहना राख्दछ। अमीत वर्षहरूदेखि चल्दै आएको यो ब्रह्माण्डको शासन गर्छु भनेर महत्वाकांक्षाको राँकोमा मानिस होमिएको हुन्छ।

    यो दुनियाँलाई जित्ने त परै छाडौं,यो ब्रह्माण्ड एवम् धर्तीका असंख्य विपत्तीमध्ये एउटा मात्रै अति सामान्य विपत्तिसँग पनि मानिस सजिलै परास्त हुन्छ, मृत्यु वरण गर्छ। आफैं आफैं वीच पनि पाखण्डको लडाईमा मानिस खप्पिस छ। अरुभन्दा आफू अब्बल एवम् शक्तिशाली भएको दम्भ बोकेर हिँडिरहेको हुन्छ। अमीत सामर्थ्य भएको प्रकृतिसँग निहुँ खोज्छ, गर्नसम्म दोहन गर्छ। तर फेरी त्यही प्रकृति तर्फ फर्किएर गुनासो गर्छ, विलाप गर्छ , वर्षा कम भए पनि डराउँछ, बढी भए झन् बाढी पहिरोको डरले आत्तिन्छ। हावा-हुरी-आँधी सुनामीसँग कहालिन्छ, भूकम्पको डरले घरै छोडेर भाग्छ।

    अलिकता कमजोर हुँदा हतासिने र समय परिस्थिति अनुकूल हुँदा पाखण्डको पहाड बोक्ने मानिस यो सृष्टी कै अधर्मी, अस्थिर, जडाग्रही, एवम् अपरिपक्व प्राणी हो। हामीले हाम्रै कर्मको फल बेला बेलामा भोगिरहेका हुन्छौं, तर पनि हामी चेत्दैनौं। विपदमा मात्रै चिच्याउनेभन्दा पनि समग्र ब्रह्माण्डलाई कसरी चराचर मैत्री बनाउनेतर्फ सोच्दै म ब्रह्मबाट पैदा भएको हुँ र ढिलो चाँडो त्यही ब्रह्ममा नै लीन हुन पुग्छु भन्ने चेत खुलाउन यो अवसरलाई सदुपयोग गरौं।बाँच्न र बचाउनको लागि सम्पूर्ण प्रयत्न गरौं र यदि नबाचिने भइयो भने पनि केही समय अघि पछिको कुरा त हो भनेर यथाधिक्य खुसी हुँदै समय विताउँ।त्यही खुसी भाइरस परास्त गर्ने मिसायल बनेर प्रस्तुत हुनसक्छ।

    मानिस आँफै एक्लै बाँच्न सक्दैन।मानिस सबैभन्दा दुर्बल परजीवी (भाइरस) हो। पञ्चतत्वबाट बनेको शरीर त्यही पञ्चतत्व नभई बाँच्नै सक्दैन। हावा, पानी, पृथ्वी, सूर्य,आकाश लगायत यस ब्रह्माण्डका हरेक ग्रह पिण्डहरू प्राणीहरू,तथा वनस्पतिहरू लगायतका विषय वस्तुहरू बिना मानिसको उत्पत्ति नै हुँदैन, बाँच्ने कुरा त कता हो कता। मानिसरुपी भाइरसले यो ब्रह्माण्ड निल्न खोजेको छ। बेला बेला आइरहने भाइरसको महामारी पनि प्रकारान्तरले मनुष्य भाइरस नै हो। आफ्नै विनाश गर्ने भाइरस हुनबाट जोगिने उपाय खोज्नुपर्छ। अध्यात्म तर्फ लाग्नुपर्छ। जहाँ ‘सर्वे भवन्तु सुखिनस् सर्वे सन्तु निरामयास्, सर्वे भद्राणि पश्यन्तु माकश्चित् दुःखभाग्भवेत्’ भन्ने उदात्त भाव छ।

    यसो बसिबियालो मात्र हो। कसैलाई उपदेश या अर्ति होइन है प्लिज।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑