• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाको त्रासपछि प्रदेश २ का सात मध्ये मुख्यमन्त्रीसहित ५ मन्त्री काठमाडौंमा

  • वीरगंज संजाल
  • २८ श्रावण २०७७, बुधबार २३:४३
  • ४१६१

    वीरगंज । यतिबेला प्रदेश २ मा कोरोना संक्रमणको दर बढिरहेको छ । प्रतिकूल परस्थिति नियन्त्रणका लागि खटिनुपर्ने प्रदेश सरकारका जिम्मेवार मन्त्रीहरु भने काठमाडौंमा छन् ।यो घडीमा मधेस भवन (सरकारको प्रशासनिक सचिवालय) सुनसान छ । मुख्यमन्त्रीसहित पाँच मन्त्री काठमाडौंमा छन् । एक मन्त्री भने कोरोना संक्रमण भएर आइसोलेसनमा छन् भने अर्का एक मन्त्री गृह जिल्लामा छन् ।

    दैनिक नयाँ संक्रमित र मृतकको संख्या बढिरहेको यो समयमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसमेत आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकासमन्त्री नवलकिशोर साह उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय काठमाडौंमा छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव आफैं संक्रमित छन् । उनी निवासमै आइसोलेट रहेको उनको निजी सचिवालयले जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रकुमार साह भने गृह जिल्ला सप्तरीमा छन् ।

    भौतिक पूर्वाधार विकासमन्त्री सोनलले बुधबारै आफू काठमाडौंबाट फर्केको बताए पनि जनकपुर पुगेका छैनन् । उनले पार्टीको बैठकमा सहभागी हुन एक साता काठमाडौंमा बस्‍नुपरेको स्वीकारे । मुख्यमन्त्री राउत र अन्य मन्त्रीहरु भने काठमाडौंमै छन् ।

    मन्त्री सोनल भन्छन्, “प्रदेश २ मात्रै होइन, सिंगो मुलुक र संसारभरका शक्तिशाली राष्ट्रहरुमा समेत यतिबेला कोरोनाको कहर फैलिएको छ । आर्थिक र राजनीतिक रुपले अग्रमोर्चामा रहेका मुलुकहरुले सम्हाल्न नसकिरहेको बेला हामी कहाँ छौं भन्ने सहजै बुझ्न सकिन्छ । यद्यपि हामी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराउने प्रयासमा खटिरहेका छौं ।”

    तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको एकीकरणपछि साउन २१ देखि २६ गतेसम्म पहिलोपटक कार्यकारी समिति बैठक बोलाइएको थियो । उक्त बैठकमा सहभागी हुन कार्यकारी समितिका सदस्यसमेत रहेका मुख्यमन्त्री राउतसमेत सबै मन्त्री काठमाडौं गएको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बाह्रखरीलाई जनाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनार खानुका १० फाइदा
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑