• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणीका डाक्टरले भने-चिकित्सकको मनोबल कमजोर हुने क्रियाकलाप नगर्न आग्रह

  • वीरगंज संजाल
  • २६ श्रावण २०७७, सोमबार ११:१५
  • २४०१

    वीरगञ्ज । आम मानिसको जीवन रक्षाका लागि आफ्नो र परिवारको पर्वाह नगरी खटिरहेका चिकित्सकको मनोबल कमजोर हुने क्रियाकलाप नगर्न नेपाल चिकित्सक संघ नारायणीले आग्रह गरेको छ ।आइतबार भएको प्रदर्शन र तोडफोडको घटनापछि संघका नारायणी अस्पताल शाखा सचिव डा. उदय कुमार सिंहले विज्ञप्ती जारी गरी विषम परिस्थितिमा संयम हुन भनेका छन् ।चिकित्सक संघले साउन २७ गते मंगलबार दिउँसो २ बजेसम्म मात्र सम्भव भएसम्मका सेवा दिने र त्यसपछि इमरजेन्सीबाहेक थप सेवा दिन नसक्ने जानकारीसमेत गराएको छ । सर्वसाधारणको जीवन रक्षाका लागि अविलम्ब वैकल्पिक व्यवस्था गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले सम्बन्धित निकायसँग माग राखेको छ ।

    दोषीलाई हदैसम्मको कारबाही गर्न माग

    कोरोनाबाहेकका विरामीले उपचार सेवा नपाएर अकालमा ज्यान गुमाएको वीरगञ्ज–२ छपकैया क्षेत्रका स्थानीयले नारायणी अस्पतालमा गत आइतबार प्रदर्शन गरेका थिए । अस्पतालको चक्कर काट्दाकाट्दै ज्यान गुमाएकी २० वर्षीया विष्णु लामाको आफन्तसहितका स्थानीयले प्रदर्शन गर्ने क्रममा केही उच्छृङ्खल व्यक्ति तोडफोडमा समेत उत्रिएका थिए ।जसबाट अस्पतालको विभिन्न विभागको भौतिक संरचनाहरुमा, स्यानिटाइजेसन र स्वाब कलेक्सन बुथमा क्षति पुगेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टविरुद्ध आपत्तिजनक नाराबाजी गरेको समूहले कोरोना संक्रमितको उपचारमा दिनरात खटिरहेका संघका सचिव सिंहको निजी गाडीमा तोडफोड समेत गरेको थियो ।

    ‘घटनाको दोषीलाई पक्राउ गरी अबिलम्ब कानुन बमोजिमको हदैसम्म कारबाही गर्न संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । साथै नारायणी अस्पतालमा भएको यस्तो दुःखद घटना अन्य कुनै स्वास्थ्य सेवा प्रदायकमा नदोहोरियोस् भन्ने सुरक्षाको प्रत्याभूति गराउन नेपाल चिकिसक संघ स्थानीय प्रशासनसँग आग्रह गर्दछ,’ घटनाको निन्दा र भत्र्सना गर्दैै विज्ञप्तीमा लेखिएको छ ।यस्ता घटना पुनःः दोहोरिएमा देशैभरी रहेका शाखाहरुसँग समन्वय गरी जुनसुकै हदसम्मको संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।साथै विज्ञप्तीमा विषम परिस्थितिमा आपसी दोषारोपण, हुलदंगा, तोडफोड, अनावश्यक नाराबाजी जस्ता कुराहरुबाट कसैको भलो नहुने बरु स्थिति झन् कष्टकर र भयावह हुने भएकोले सचेत हुन भनिएको छ । एकजुट भएर कोरोना संकट विरुद्ध लाग्न, आम नागरिकको जीवन बचाउनतर्फ ध्यान केन्द्रित गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, मेडिकल कलेज, निजी क्लिनिक, नर्सिङ होम, नागरिक समाज, राजनीतिक दल, सम्बन्धित निकाय र तीन वटै सरकारसँग चिकित्सक संघले आग्रह गरेको छ ।

    स्रोत साधन र जनशक्ति व्यवस्थापन गर्न माग

    नारायणी अस्पतालले सीमित स्रोत साधनका बाबजुद कोरोना महामारीमा आम नागरिककको जीवन रक्षाका लागि दुईवटा कोभिड अस्पताल सञ्चालन गरेको छ ।  त्यस क्रममा झण्डै ४५ जना चिकित्सक, स्टाफ नर्स लगायत स्वास्थ्यकर्मी तथा अन्य सहयोगी कर्मचारी संक्रमित भएका छन् । दुई जना चिकित्सकको स्वास्थ्य अवस्था जोखिमपूर्ण अवस्थामा छ ।एक महिनादेखि केन्द्र, प्रदेश र स्थानीय गरी तीन वटै तहको सरकारसँग नारायणी अस्पतालले थप जनशक्ति तथा आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन आग्रह गरेपनि हालसम्म सनुवाइ नभएको गुनासो अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले गरेका छन् । उनीहरुले जनशक्ति र सुरक्षा सामाग्रीको यथाशीघ्र प्रवन्ध गरिदिन सम्बन्धित सरोकारवालासँग माग गरेका छन् ।

    चैतमा कोभिड अस्पताल बनाइएको नारायणी अस्पताल सबै संक्रमित डिस्चार्ज भएपछि डिस इन्फेक्सन गरेर जेठमा क्रमिक रुपमा जनरल सेवा शुरु गरिएको थियो । तर पछि अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत विरामीमा कोभिड–१९ को संक्रमण देखिन थालेपछि इमरजेन्सी सेवा बन्द गरिएको छ ।साउन ९ गते निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. सुरेन्द्र प्रसाद चौधरीले सूचना जारी गर्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा अन्तरंग विभागमा भर्ना भएका विरामीलाई समेत कोभिड–१९ पोजेटिभ देखिएको हुँदा संक्रमण फैलनबाट रोक्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि इमर्जेन्सी सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी गराएका थिए ।

    प्रमुख राजनीतिक दलले गरे घटनाको निन्दा

    वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको तोडफोडको पर्साका प्रमुख राजनीतिक दलहरुले निन्दा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका जिल्ला नेतृत्वहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वीरगञ्जको नारायणी अस्पतालमा आइतबार प्रदर्शनको क्रममा भएको तोडफोडको निन्दा गरेका हुन् |ज्यान जोखिममा राख्दै मानवीय सेवामा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, एम्बुलेन्स चालक लगायतको मनोबल बढाउनुको सट्टा चिकित्सकको गाडीमा तोडफोड गर्नु निन्दनीय कार्य भएको राजनीतिक दलको ठहर छ । फ्रन्टलाइनरहरुको मनोबल उच्च राख्न हौसला दिन उनीहरुले आग्रह गरेका छन् ।

    त्यस्तै आइतबार जारी गरिएको विज्ञप्तीमा विगत केही देनिदेखि निजी अस्पतालहरुको लापरवाहीका कारण वीरगञ्जमा केही व्यक्तिले ज्यान गुमाउनु परेकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ । विरामी भर्ना लिएर उपचार नगर्ने अस्पताललाई कारबाही गर्न स्थानीय प्रशासनसँग माग गर्दै राजनीतिक दलहरुले बन्द गरिएका सेवाहरु तत्काल सुरु गर्न अस्पताललाई अनुरोधसमेत गरेका छन् ।विज्ञप्तीमा नेपाल कम्युनिष्ट पार्टीका पर्सा अध्यक्ष प्रभु हजरा, जनता समाजवादी पार्र्टीका पर्सा अध्यक्ष राम नरेश यादव र नेपाली काँग्रेसका पर्सा सभापति अजय द्विवेदीले हस्ताक्षर गरेका छन् ।अन्लाईनखबरको लागि पर्सा बाट सुरेश बिडरीले तयारपारे को समाचार |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑