• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमित बढेपछि वीरगञ्जका ४ ओटा होटलको आईसोलेशनमा उपचार शुरु

  • वीरगंज संजाल
  • २५ श्रावण २०७७, आईतवार ०३:२६
  • ४९४९

    वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय होटललाई आईसोलेशन बनाएर उपचार गर्न शुरु गरिएको छ । अहिले वीरगञ्जका चार ओटा होटललाई आईसोलेशनको रुपमा प्रयोग गरिएको हो ।

    जिल्ला विपद् व्यवस्थापन केन्द्रले होटल र धर्मशालाहरुलाई संक्रमितको उपचारका लागि आईसोलेशनको रुपमा उपोग गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । वीरगञ्जको होटल रानी पोखरी, गोपाल मण्डली र राणी सती धर्मशालामा आईसोलेशन तयार पारेर उपचारको व्यवस्था मिलाइएको बस्नेतले बताए ।

    पर्सामा संक्रमितको संख्या करीब १ हजार पुगेपछि उपचारमा समस्या भएको छ । ‘गण्डक र वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालको आईसोलेशनमात्र पर्याप्त भएन ।

    संक्रमितलाई होम आइसोलेशनमा छोड्दा अनुशासित नहुने र संक्रमण झन फैलिने सम्भावनाका कारण होटल, धर्मशाला र विद्यालयलगायतका स्थानमा थप २८० बेडको सामुदायिक आईसोलेशन तयार पारिएको छ,’ बस्नेतले भने ।

    वीरगञ्जका दुई ओटा अस्थायी कोरोना अस्पतालमा १५० बेडको आईसोलेशन छ । यसअघि नै वीरगञ्जको विजय ज्योति, कुमु प्यालेस र पूजन होटल आईसोलेशनको रुपमा प्रयोगमा आइसकेको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले बताए ।

    ती होटलमा स्थानीय केही उद्योग र पालिकाले संक्रमित राखेका छन् । उद्योगका कामदारमा कोरोनाको संक्रमण देखिएमा उद्योग स्वयम्ले आईसोलेशनको व्यवस्था मिलाउनुपर्ने प्रशासनले बताएको छ । बारा–पर्सा औद्योगिक कोरिडोरका करीब आधा दर्जन उद्योगका कामदार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

    होटलमा आईसोलेशनका संक्रमितलाई तोकिएको मापदण्डअनुसार खाना र आवास उपलब्ध गराउने जिम्मा होटल व्यवसायीको हुनेछ । स्थानीय प्रशासनको समन्वयमा तयार होटल आइसोलेशन सञ्चालनका लागि सरकारले एक दिनको प्रतिव्यक्ति रू.२ हजार उपलब्ध गराउने भएको छ । सामुदायिक अस्पतालमा नारायणी अस्पताल र वीरगञ्ज महानगरको समन्वयमा स्वास्थ्यकर्मी खटाइने भएको छ ।

    वीरगञ्जका अन्य होटललाई पनि आवश्यतकताअनुसार आईसोलेशन र क्वारेन्टाइनको रुपमा उपयोग गरिने प्रशासनले बताएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा ३०० बेडको कोरोना आईसोलेशन बनाउने निर्णय पनि केन्द्रले गरेको छ । यसका लागि केन्द्रीय विपद व्यवस्थापन केन्द्रमा पत्राचार गरिने भएको छ ।

    ग्रामीण क्षेत्रका संक्रमितलाई स्थानीय सामुदायिक आईसोलेशनमा राखिने जानकारी बस्नेतले दिए । लक्षण नदेखिएका र सामान्य लक्षणका संक्रमितको यस्ता आईसोलेशनमा र गम्भीर संक्रमितलाई वीरगञ्जमा ल्याएर उपचार गरिने प्रशासनले बताएको छ ।

    लक्षणसहितका संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि गत साउन १० गतेदेखि सदरमुकाम वीरगञ्ज र १९ गतेदेखि जिल्लाभरि निषेधाज्ञा जारी गरिएको छ ।  यहाँ अत्यावश्यकीयबाहेकका सबै सेवा, व्यापार, उद्योग सबै बन्द गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑