विरगंज। मुलुकका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका २०२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एकजना डीएसपी पनि छन् ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार सक्रिय संक्रमितमा काठमाडौंका १, बाराका २, झापाका १८, महोत्तरीका १, बाराका २ पर्साका ४४ र अन्य सबै इलामका छन् ।
जसमध्ये ८८ जना डिस्चार्ज भइसकेका छन् । डीआईजी अर्यालका अनुसार संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ ।