वीरगञ्ज ।पर्सामा फेरि भयावह अवस्था बन्दै। वीरगञ्ज स्थित नारायणी अस्पतालले गरेको पछिल्लो पिसिआर परिक्षण रिपोट अनुसार १ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मै सर्वाधिक संक्रमित संख्या हो ।१ सय ४१ जना संक्रमितहरुमध्ये सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरी रहेका छन् । तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, सेनाका ५, कारागारका २, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । नयाँ थपिने संक्रमितहरुमा बारा जिल्लाका ४ र रौतहट जिल्लाका ४ जना रहेका छन् ।त्यस्तै, नयाँ थपिने संक्रमितहरुमा २१ जना महिला रहेका छन् भने १ सय २० जना पुरुष रहेका छन् ।
नयाँ संक्रमितहरु वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । वीरगञ्ज महानगरपालिकाको चिनीमिल, श्रीपुर, तेजारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा, सबैठवा, पिपरा, रानीघाट, खल्वाटोला श्रीसिया, छपकैया, प्रतिमा चौक, पृथ्वीनगर, गणेश चौक, आदर्शनगर, अलौं, फुलबारी टोल, अशोक वाटिका, भवानीपुर, चण्डाल चौक टोलबाट नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै खल्वाटोला श्रीसियाबाट २२ जना संक्रमित थपिएका छन् ।त्यस्तै, पर्सागढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।सधै १०० भन्दा बधी संक्ररमित एक दुुुइ जनाको मुत्यु हुुँदै ।