• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाको उपचारमा प्रयोग हुने रेम्डेशिभिर औसधी नेपालमा छैन दर्ता, गैर कानूनी बाटोबाट किनेर उपचार गर्न चिक्तिसक बाध्य

  • वीरगंज संजाल
  • २२ श्रावण २०७७, बिहीबार १९:२२
  • ६९६१

    वीरगञ्ज । कोरोना सङ्क्रमितहरुको उपचारमा उपयोग रेम्डेशिभिर औषधी नेपालमा आधिकारिक रुपमा उपलब्ध नहुँदा विरामीहरुको उपचारमा समस्या उत्पन्न भएको छ ।वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालको कमाण्ड सम्भालेका वरिष्ठ चिकितिसक डा. नीरज सिंहले रेम्डेशिभिर नेपालको औषधी विभागमा दर्ता नहुँदा अन्य मुलुकबाट गैरकानुन रुपमा आयात गरेर विरामीहरुको उपचारमा प्रयोग गर्नुपरेको बताएका छन् । उनले नेपालको औषधी विभागमा उक्त औषधी दर्ता नहुँदा उत्पादन समेत नहुन सकेको बताएका हुन् ।

    डा. सिंहले रेम्डेशिभिर औषधी नेपालमा उपलब्ध नहुँदा कोरोना सङ्क्रमण भएका विरामी र उपचारमा खटेका चिकित्सक र स्वास्थ्यकर्मी समेतलाई समस्या परेको बताउँदै फेसबुकमा एउटा पोष्ट लेखेका छन् ।उनले भारतीय पाँच हजार रुपैयाँ पर्ने औषधी नेपालको औषधी विभागले दर्ता मात्र नभएका कारण गैर कानुन बाटोबाट किन्दा नेपालीहरु ४० हजारदेखि ५० हजारसम्म तिर्न बाध्य भएको उल्लेख गरेका छन् । औषधीलाई नेपालमा दर्ता गरेर आयात गरिए राज्यको लाखौँ रकम बाहिर जानबाट रोकिने उनले तर्क गरेका छन् ।

    नेपालमा कोरोना भित्रिएको पाँच महिना बितिसक्दा समेत नेपाल सरकारको यस विषय तर्फ ध्यान नजानु दु:खलाग्दो भएको उनले बताएका छन् । ‘कोरोना माहामारी भित्रीएको झन्डै ५ महिना बितिसक्दा पनि, यस रोगको उपचारमा सबैभन्दा प्रभाबकारी औषधी आइएनजे रेम्डेशिभिर नेपालको औषधी विभारमा दर्ता नहुँदा, उपचार संलग्न चिकित्सकहरूले बिरामीको ज्यान बचाउँन भारतीय मुद्रामा पाँच हजार पर्ने औषधी तस्करहरूबाट नेपाली मुद्रामा ४० हजारदेखि ५० हजार रुपैयाँसम्ममा किनेर गैर कानूनी काम गर्न बाध्य नबनाइ दिनुस्,’ उनले लेखेका छन् ।

    डा. सिंहले यास्तो सानो कुराको बारेमा समेत वीरगञ्जबाट लेख्नु पर्ने हो भन्दै सरकारको तयारि माथि प्रश्न गरेका छन् । ‘औषधी विभागमा रजिस्टर गरेर आयात गर्ने हो भने नेपाली मुद्रामा रुपैयाँ ८ हजारसम्ममा आर्थिक रुपमा सक्षम बिरामीहरूले किन्न सक्छन । यस्तो सानो कुरापनि वीरगञ्जबाट मैले भन्नुपर्छ्, ए हजुर यही हो हाम्रो तैयारी? ए हजुर माफी माग्छु, केहि लेख्न र बोल्न मन थिएन्, तर मजबुर, बाध्य भएर सामाजिक सञ्जालमा ओकेलेको हुँ ।’

    रेम्डेशिभिर एन्टीभाइरल औषधी हो जुन ईन्जेक्शनका माध्यमले नशामा दिने गरिन्छ । उक्त औषधी विभिन्न मुलुकमा कोभिडका लक्षण देखिएका बिरामी उपर प्रयोग भईरहेको छ । भारत, अमेरिका, सिंगापुर, बेलायत, अस्ट्रेलिया, जापानलगायतका मुलुकहरुमा यस औषधीलाई कोरोना विरुद्धको प्रभावकारी औषधी रुपमा प्रयोग गरिँदैछ ।

    हेपाटाईटिसका विरुद्ध बनाइएको यो औषधी हाल विभिन्न भाईरसहरुका विरुद्ध पनि प्रयोग हुँदै आईरहेको छ ।विश्वका विभिन्न मुलुकहरुमा रेम्डेशिभिरलाई मान्यता दिईसक्दापनि नेपालमा अझै मान्यता दिइएको छैन । पछिल्लो समय समुदायमा फैलिएको संक्रमणलाई नियन्त्रण गर्न तीनै तहको सरकार उदासिन देखिएको विज्ञहरुको भनाई छ ।यता विज्ञहरुले नेपालमा रेम्डेशिभिर उत्पादन गर्न नमिल्ने बताएका छन् । उनीहरुले एन्टीभाइरल औषधी नेपालमा उत्पादन गर्ने प्रविधि अहिलेसम्म नभित्रिएकोले हाल आयात गरेर भएपनि कोरोना सङ्क्रमितहरुको उपचारमा उपयोग गर्न सल्लहा दिएका छन् ।औषधी विषयमा जानकार रोजी सर्राफले रेम्डेशिभिर नेपालमै उत्पादन गर्न सके करोडौं बराबरको रकम बाहिर जानबाट जोगिनका साथ थोरै मुल्य मात्र नेपालीहरुले औषधी प्रयोग गर्न मिल्ने बताइन ।yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑