• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    संक्रमित व्यवस्थापनमा समन्वय अभाव, अस्पताल भरिभराउ

  • वीरगंज संजाल
  • १९ श्रावण २०७७, सोमबार १६:२८
  • २६६५

    विराटनगर । कोरोना संक्रमितलाई आइसोलेसनमा भर्ना गराउने विषयमा तारतम्य नमिल्दा संक्रमितहरुले भने सास्ती खेप्नु परेको छ । आइतबार राति मोरङको ग्रामथानका एकजना पुरुषले अस्पताल भर्ना हुन निक्कै हैरानी खेप्नु पर्‍यो ।  रिपोर्ट पोजेटिभ आएपछि कोशी कोभिड १९ उपचार केन्द्र लग्नुपर्नेमा उनलाई कोशी अस्पतालको इमर्जेन्सी वार्डमा ल्याएर छाडेपछि करिब ३ घन्टा अलपत्र बने ।

    “पुलिस घरमा गएर एम्बुलेन्समा चढ्न भन्दै गए । चालकले एकातिर लग्नुपर्ने अर्को अस्पताल लगेर छाडिदिए । कहाँ जाने के गर्ने निक्कै बिलखबन्दमा परें,” उनले भने, “कोभिड अस्पतालतिर लग्नुपर्ने अर्कैतिर ल्याएर छाडिदिएछन् । पछि फेरि अर्को अस्पतालतिर लगे । अहिले भुइँमा म्याट ओच्छयाएर राखिएको छ ।”
    केही दिनदेखि ज्वरो र खोकीको समस्या देखिएपछि उनी कोशी अस्पताल विराटनगरको फिभर क्लिनिकमा जाँच गराउन आएका थिए । चिकित्सकलाई देखाए । चिकित्सकले ज्वरोको औषधि दिए अनि घर पठाइदिए । “तर, ज्वरो विसेक भएन सुख्खा खोकी पनि उस्तै रह्यो,” उनले भने, “चित्त बुझेन फेरि कोसी अस्पताल आएँ अनि रु. ५ हजार तिरेर स्वाब दिएँ । रिपोर्ट पोजेटिभ आएछ ।”

    आइतबार साँझदेखि करिब ११ बजेसम्म कोशी अस्पतालको इमरजेन्सी वार्ड अगाडिको पेटीमा भोकै प्यासै रहनुपरेको र निकायहरुबीच समन्वय नहुँदा आफूले अनाहकमा दुःख पाएको उनले बताए । संक्रमित पुरुषमा स्थानीय रुपमै संक्रमण भएको देखिएको छ ।

    उनको ट्राभल हिस्ट्री छैन । उनमा संक्रमण देखिएको विषयमा ग्रामथान गाउँपालिकाका पदाधिकारीसमेत साँझसम्म बेखबर थिए ।संक्रमित पुरुषले आफू संक्रमणको लक्षण आउनुपूर्व गाउँकै क्लिनिकमा औषधि खरिद गर्न गएको र सञ्चालककी छोरीमा संक्रमण देखिएको पुष्टि भएकोले उनैबाट आफूमा सरेको हुन सक्ने बताए ।

    क्लिनिकका सञ्चालककी छोरी विराट अस्पताल (विराट नर्सिङ होम) मा कार्यरत हुन् । ती नर्समा अस्पतालका वरिष्ठ चिकित्सकसँगै कोरोना संक्रमण पुष्टि भएको थियो । उनी आइसोलेसनमा छन् । वरिष्ठ चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको काठमाडौंमा उपचार भइरहेको छ ।

    ग्रामथानमा पुरुषमा संक्रमण देखिएपछि गाउँमा त्रासको वातावरण देखिएको छ । ग्रामथान १ झोराहाट बजार बिहानैदेखि सुनसान छ । समुदाय स्तरमा कोरोना पुगेको आशंकामा मानिसहरुको चहलपहल र आउजाउ छैन । स्थानीय समाजसेवी टिका खतिवडा भन्छन्,“गाउँमा कसरी संक्रमण आयो भन्नेमा हामी पनि चिन्ताग्रस्त छौं । संक्रमणको स्रोत पहिचान गर्ने र कन्ट्याक्ट ट्रेसिङ गरी स्थानीयको स्वाब संकलन तथा परीक्षण गर्न प्रदेश सरकारसमक्ष माग गरिरहेका छौं ।”

    उनले सावधानी र सतर्कता अपनाउन अब हेलचेक्र्याईं गर्न नहुने बताए । ग्रामथान विराटनगर सीमाको पालिका हो । गाउँमा केही दिनअघि भएको छिमेकीको पूजामा समेत पुरुष सहभागी थिए । त्यहाँ अरु धेरै मानिसहरु पनि थिए । यसबाहेक जग्गाको कारोबार गर्ने भएकोले अर्का एक साथीसँग उनी मोटरसाइकलमा चढेर घडेरी देखाउन टोलटोल पुगेका थिए ।

    संक्रमित पुरुष भन्छन्,“परीक्षणको दायरा बढाएर संक्रमण भए नभएकाहरु पत्ता लगाउनु पर्ने देखिएको छ ।”प्रदेश १ का आईसोलेसन केन्द्रहरुमा अहिले बिरामीको चाप बढेसँगै भरिएका छन् । कोशी कोभिड १९ उपचार केन्द्र, गोठगाउँ र धरानमा पनि बिरामीको चाप बढ्न थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिष्द कार्यालयका अनुसार आइतबारसम्म प्रदेश १ मा १०७१ जनामा कोरोना संक्रमति फेला परेका छन् । ८२१  ज्ना डिस्चार्ज भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑