बर्लिन । जर्मनमा कोरोना महामारीविरुद्ध सरकारले सुरु गरेको प्रतिबन्धको विरोधमा हजारौंमा निसहरु सडकमा उत्रिएर प्रदर्शन गरेका छन् ।शनिबार १७ हजारभन्दा धेरै नागरिकहरु सडकमा उत्रिएर सरकारी प्रतिबन्धको विरोध गरेका हुन् । उनीहरुले महामारीको अन्त्य भइसकेको भन्दै अनावश्यक प्रतिबन्ध नलगाउन चेतावनी दिएका छन् ।
प्रदर्शनकारीहरुले यसलाई ‘स्वतन्त्रताको दि’को रुपमा चित्रित गरे । जर्मनीमा अहिलेसम्म २ लाख ८ हजार ६९८ मानिस संक्रमित भएका छन् भने ९ हजार १४१ जना मानिसको मृत्यू भएको छ ।
लामो समयको लकडाउनका कारण जनजीवन प्रभावित भएको छ । मानिसहरु जनजीवन सामान्यतर्फ फर्काउन आफ्नो काममा फर्कन चाहन्छन् । तर कोरोना संक्रमणको डरका कारण सरकारले प्रतिबन्धलाई कायम राखेको छ ।