• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘सरकारलाई गाली गर्नेले मास्क त लगाउन सक्छ नि’

  • वीरगंज संजाल
  • १८ श्रावण २०७७, आईतवार ०९:२०
  • ५५९३

    पछिल्ला दिनमा काठमाण्डौमा कोरोनाको सङ्क्रमण बढेको छ । परीक्षण बढाउने हो भने काठमाण्डौको समुदायमा धेरै कोरोना छ भन्ने चर्चा छ । के काठमाण्डौमा साँच्चिकै जोखिम बढेको हो ? यसबारे भोजेन्द्र बस्नेतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कुराकानी गर्नुभएको छ ।

    काठमाण्डौमा कोरोनाको जोखिम धेरै बढेको हो ?

    काठमाण्डौमा कोरोना सङ्क्रमितहरु थपिने क्रम बढेको सत्य हो । तर मानिसलाई काठमाण्डौ बाहिर हुँदासम्म चिन्ता कम भयो, अनि काठमाण्डौमा आएपछि अब घरछेउमै आयो भनेर चिन्ता बढेको हो ।

    समग्र देशको स्थिति हेर्दा सङ्क्रमणको दर घटेको छ । अघिल्लो महिना सङ्क्रमण दर आठदेखि १० प्रतिशत थियो भने अहिले तीन दशमलव छ प्रतिशतमा छ । तर काठमाण्डौमा देखिएको भएर मानिस डराएका हुन् ।

    काठमाण्डौमा सुरक्षाकर्मीमा सङ्क्रमण देखियो, यसको अर्थ समुदायमा सङ्क्रमण छ भन्ने हो ?

    सुरक्षाकर्मीले ल्याएर सुरक्षाकर्मीलाई सारेका हुन् । यसको कन्ट्रयाक भेटिएको छ । सुरक्षाकर्मीले सुरक्षामा मापदण्ड पालना नगरेकाले यस्तो भएको हो । धेरैले गरेको भए पनि जसलाई सरेको छ, उनीहरुले जनस्वास्थ्यका मापदण्ड नअपनाएका हुन् ।

    त्यसो भए काठमाण्डौमा आत्तिहाल्नुपर्ने अवस्था हैन ? 

    नियन्त्रण हामी गर्न सक्छौँ, तर जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्नुपर्छ । सरकारले काठमाण्डौका ५० लाख मानिसलाई मास्क लगाइ दिन सक्दैन । हामीले साङ्केतिक रुपमा मास्क पनि लगाइदियौँ पनि ।

    बाटोमा मास्क नलगाई हिँड्ने १६ हजारलाई मास्क लगाइदिएको छ । लाज हुनु पर्दैन ? सरकारले पाँच/छ हजार पर्ने परीक्षण गरेन भनेर कराउनेले दुई सय रुपैयाँको मास्क लगाउन सक्दैन ? कपडाको दुई वटा मास्क सिलाएमा पनि एक वर्षलाई पुग्छ ।

    अहिले पनि धेरैको गुनासो समुदायमा फैलिएको हुन सक्छ, सरकारले परीक्षण गरेन वा ढाँट्यो भन्ने छ नि ? 

    ढाँट्यो भन्नेलाई त मेरो भन्नु केही छैन । त्यस्तालाई त मैले जवाफ दिन पर्दैन । यो स्वास्थ्य मन्त्रालयको प्रवक्ता नेपाल सरकारको प्रथम श्रेणीको कर्मचारी हो । धेरै इमान्दार छ । बरु मर्न तयार छ, ढाँट्न तयार छैन । नेपाल सरकारले ढाँट्यो भने पनि जागेश्वर गौतमले ढाँट्दैन ।

    अनि सरकार त्यत्ति असंवेदनशील होला ? यो चाहिँ आफूलाई मन परेको कुरा सन्तुष्टि लिने तरिका हो । यो कोरोनामा राजनीति नगर भन्छु सबैलाई, भोलि यसले लैजाला ज्यान फेरि ।

    बाक्लो बस्ती भएको काठमाण्डौमा जनजीवन सामान्य जस्तै भयो, सङ्क्रमित भेटिएका छन्, जोखिम घटाउन अब के गर्नुपर्ला ? 

    सङ्क्रमणबाट बच्ने जम्मा चारवटा उपाय छन् । पहिलो कुरा घरबाट बाहिर ननिस्कने, अति आवश्यक नभइ लखरलखर किन हिँड्नुपर्यो ? पसल नै चलाउनु छ भने पनि एक जना जाँदा हुन्छ । दोश्रो कुरा दूरी कायम गर्ने। यदि दूरी कायम गर्न सक्नुहुन्न भने त्यस्तो ठाउँमा नजानुस् । तेश्रो कुरा मास्क लगाउनुस् ।

    सर्जिकल मास्क लगाउनुस्, त्यो संभव नभएमा तीन पत्र भएका तीन वटा मास्क सिलाउनुस् । धुँदै पालैपालो लगाउनुस् । अनि चौथो कुरा हात धुनुस्, हात धुने अवस्था नभए स्यानिटाइजर लगाउनुस् ।

    यति गरेमा कोरोना लाग्दै लाग्दैन । किन डराएको ? किन त्रास ? मान्छेहरुले जुलुस गरेको देख्छु । मान्छे किन यति मूर्ख भएको ? यो जुलुस गर्ने, नारा लगाउने बेला हैन । आफू हुलमुलमा जाने, अनि मेरो मान्छे मर्यो भनेर रुने सरकारलाई गाली गर्ने कुरा त भएन नि ।

    अब काठमाण्डौमा फेरि लकडाउन गर्नुपर्ने अवस्था नजिक आएको छ कि छैन ? 

    जोखिम बढेको सबैलाई थाहा छ । जोखिम बढेमा ठाउँ विशेष लकडाउन गर्न सकिने पनि व्यवस्था छ । अहिलेलाई रातको समयमा काठमाण्डौका नाकाबाट आवातजावात रोकिएको छ।

    यदि सङ्क्रमण बढेमा लकडाउनसम्म पुग्न सकिन्छ । तर हरेक व्यक्ति सचेत भएर जनस्वास्थ्यका मापदण्ड पालना गरेमा अहिले त्यो अवस्था आउन बाट रोक्न सकिन्छ भन्ने हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑