वीरगंज ।वीरगञ्जमा थप कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा उपचाररत महिलाको शनिबार साँझ मृत्यु भएको हो । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृत्यु हुनेकाे संख्या ११ पुगेको छ । नारायणी वयोधा अस्पतालको आइसियु कक्षमा उपचाररत थप एक महिलाकाे पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
वीरगंज १६ नगवाकी ६८ बर्षिय महिलाकाे शनिबार सांझ मृत्यु भएकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।शुक्रबार राति काेराेना संक्रमण पुष्टि भएका ति महिलालाई वयाेधा अस्पतालबाट शनिबार सांझ ६ बजे गण्डक काेभिड अस्पतालमा लग्ने क्रममा मृत्यु भएकाे वताइएकाे छ ।दमका राेगी महिलालाई बुधबार वयाेधा अस्पतालमा भर्ना गरिएकाे थियाे । काेराेनाकाे लक्षण देखिएकाे महिलाकाे अस्पतालले भर्ना गर्न नमानेपछि स्थानिय प्रशासनकाे दबावमा भर्ना गरिएकाे थियाे ।
श्वास प्रश्वासमा समस्या देखिएकाे महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्नेमा भेन्टिलेटरकाे अभावमा प्रशासनकाे दबावमा आइसियुमा राखेर उपचार गरिएकाे थियाे ।बिहिबार स्वाब संकलन गरेर काेराेना परिक्षणकाे लागि नारायणी अस्पतालकाे प्रयाेगशालामा पठाउदा शुक्रबार राति काेराेना पुष्टि भएकाे थियाे । त्यसपछि शनिबार विहानदेखी काेभिड अस्पतालमा सार्न वयाेधा अस्पतालले प्रयास गरे पनि सांस ५:४५ मा मात्र पठाउन सकेकाे थियाे ।
एम्बुलेन्स मार्फत गण्डक काेभिड अस्पतालमा लग्नै क्रममा ६ बजे उनकाे मृत्यु भएकाे थियाे । हाल मृतक महिलाकाे शव गण्डक काेभिड अस्पताल मै राखिएकाे छ ।यस अघिपनि वयाेधा अस्पता मै उपचारकाे क्रममा मृत्यु भएकाे एक महिलामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । वीरगंज १६ नगवाकी ५० बर्षिय महिलाकाे शुक्रबार सांझ मृत्यु भएकाे थियाे । शुक्रकार राति नै ति महिलामा काेराेना रिपाेर्ट पाेजिटिभ आएपनि शनिबार दिउसाे मात्र सार्वनिक भएकाे थियाे । ति महिलाकाे शव अहिले वयाेधा अस्पताल मै रहेकाे छ ।