• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्सामा यो अवस्था आम नागरिकले सावधानी नअपनाउँदा आएको हो : एसपी पन्त

  • वीरगंज संजाल
  • Aug 1, 2020, 2:18 pm
  • २२५६९

    पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले पछिल्लो समय कोरोना परीक्षणको दायरा बढेसँगै पोजेटिभ केशहरुपनि देखिन थालेको बताएकी छिन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै एसपी पन्तले भनिन्,‘विरामीको व्यवस्थापनको लागि अहिले एउटा भेन्टिलेरको व्यवस्था गरिएको छ । त्यसमा नभएकाहरूलाई सेमी आइसोलेसन छ । अहिले संख्या बढिराख्दाखेरि जसको घरमा हुन्छ, त्यहाँ होम आइसोलेसन गराएका छौँ ।’ प्रस्तुत छ पत्रकार धमलाले एसपी पन्तसँग गरेको कुराकानीको सम्पादित अंश |

    के छ हालखबर वीरगञ्जको ? कोरोना संक्रमणको संख्या ह्वात्तै बढ्यो नि, वास्तविकता के हो ?

    परीक्षणको दायरा पनि बढेको छ । त्यही अनुसार पोजिटिभ केशहरू पनि बढेको छ ।

    परीक्षण पनि तीव्र गतिमा भईरहेको छ ? समस्या छ कि छैन ? विरामीहरूको व्यवस्थापन कहाँ गरिरहनु भएको छ ?

    विरामी व्यवस्थापन गर्ने हाम्रो काम त होइन ।

    होइन तपाईहरू त शान्ति सुरक्षा पनि दिईरहनु भएको छ । तपाईहरू समन्वय गर्नुहुन्छ नि त ? सँगै बस्नुहुन्छ, कुराकानी गर्नुहुन्छ ? कोरोनाको संक्रमणबाट बचाउनुछ मुलुकलाई ? पर्सा भयावह स्थितिमा जाँदैछ भनेर धेरैले भनेका छन् । वास्तविकता के छ ?

    विरामीको व्यवस्थापनको लागि अहिले एउटा भेन्टिलेरको व्यवस्था गरिएको छ । त्यसमा नभएकाहरूलाई सेमी आइसोलेसन छ । अहिले संख्या बढिराख्दाखेरि जसको घरमा हुन्छ, त्यहाँ होम आइसोलेसन गराएका छौँ ।

    त्यसो भए अहिले विरामीहरू राख्नको लागि सबै भेन्टिलेटरहरू छन् ?

    पर्याप्त मात्रामा त छैन । तैपनि म्यानेजिएबल नै छ अहिलेको अवस्था ।

    डाक्टरहरूले काम गर्नुभएको छ ? समस्या छ कि छैन ?

    हाम्रो विशेषगरी कोरोना व्यवस्थापनको लागि सरकारी हस्पिटल छ, नारायणी हस्पिटल, त्यहाँ सम्पूर्ण टिमले राम्रो काम गरिरहेका छन् । तर अहिले संक्रमण फैलिरहेको अवस्थामा व्यक्तिहरूलाई कोरोना पोजिटिभ हुनसक्छ भनेर हेर्नुपर्ने अवस्था हो । केही प्राइभेट हस्पिटलहरूमा विरामीलाई लग्न सहज छैन किनकि उक्त हस्पिटलहरूमा पि.सि.आर टेस्ट भइसकेको व्यक्तिहरूको रिपोर्ट आउन ढिला हुने, पि.सि.आर गरेको ७÷८ घण्टापछि मात्र रिपोर्ट आउने हुन्छ । त्यसैले प्राइभेट हस्पिटलहरूमा पि.सि.आर रिपोर्ट आइसकेपछि मात्र उपचार गर्छौँ भन्ने भएकोले असजिलो छ । त्यो बाहेक डाक्टरले काम नै नगरेको भन्ने अवस्था होइन ।

    काठमाडौँबाट पनि डाक्टरहरू वीरगञ्ज जान तयार छैनन् ?

    त्यो त मलाई थाहा भएन । अहिले यहाँ जति डाक्टरहरू हुनुहुन्छ, उहाँले काम गरिरहनुभएको छ । अहिलेसम्म सरकारी हस्पिटलबाहेक अरूबाट काम भएको मैले अलि कम नै देखेको छु ।

    त्यसो भए उपचार नपाएर विरामीहरू छटपटाएका छैनन् त्यहाँ ? समस्यामा छैनन् ?

    कहिलेकाँही पि.सि.आर. रिपोर्टलाई कुर्दाखेरि त्यति धेरै समस्या छैनजस्तो लाग्छ मलाई । यस विषयमा तपाईले हाम्रो आधिकारीक व्यक्ति नारायणी हस्पिटलको निर्देशन लिनुभयो भने बढी जानकारी पाउनुहोला । मैले बुझेको जे छ मैले भनिदिईसकेको छु ।

    लापरबाहीको कारणले गर्दाखेरि पर्सामा कोरोना संक्रमण भयावह बन्दैछ भनेर धेरैले भनेका छन् । सीमाक्षेत्र रक्सौलबाट आवतजावत भईरहेको छ ?

    रक्सौल नाका पूर्ण रूपमा बन्द छ । जहाँ खुल्ला बोर्डर छ, त्यो ठाउँमा कतिपय बेलामा यो इन्डियामा टेकिएका छ कि नेपालमा टेकिएको छ भनेर थाहा हुँदैन । इन्डियाको क्षेत्रमा मानिसको दैनिकीसँग जोडिएका सरसामानहरू सस्तो पाइने भएको हुँदा वारीको मान्छे पारी जाने प्रचलन छ, नभएको होइन । कतिको जिविकोपार्जन पनि लामो समयदेखि पारीको सामान लिएर आएर भएको पनि देखिन्छ । त्यसकारणले मान्छे जाने/आउने नै छैन भन्नसक्ने अवस्था छैन । तैपनि हामीले सक्दो प्रयास गरेको अवस्था हो ।

    लकडाउन खुकुलो भएपछि पारीबाट लुकिछिपी भित्रिएका कामदारबाट कोरोना संक्रमण फैलिएको छ भन्ने कुरा आएको छ । वास्तविकता के हो ?

    पछिल्लो समयमा हेर्दाखेरि पक्कैपनि संक्रमणको अवस्था छ । विशेषगरी त्यसमा आउजाउ गर्ने व्यक्तिबाट नै भएको हो । त्यसमा कुनै शंका छैन । अर्को कुरा हामीले एकदम कडा गर्न नसक्ने क्षेत्र के हो भने अत्यावश्यक खाद्यान्न पदार्थहरूको दैनिक आपूर्ति हुन्छ, कम्तिमा गाडी नै नचलेको अवस्थामा पनि ४००/५०० को संख्यामा बोर्डरबाट आवतजावत गरेका छन् । यसको मतलब कम्तिमा पनि १००० भन्दा ठुलो संख्यामा व्यक्तिहरू आवतजावत गर्ने, विशेषगरी सवारीसाधनको कुरा गरेको मैले, त्यो संख्या आफैमा पनि निकै धेरै छ । जिल्ला नाका जोडिएको विहारमा संक्रमणको संख्या असाध्यै बढी छ । त्यसको प्रभाव त स्वत: पर्ने नै भयो । लकडाउन कडा भएका दिनहरूमा सीमाक्षेत्र पूर्ण रूपले बन्द थियो । त्यस समयमा पनि सप्लाई चेन मार्फत मैले दिएको संख्या आवतजावत गर्ने संख्या हो । कोरोना महामारीको हिसाबमा यो नेपालको लागि ठुलो चुनौती हो ।

    रोकथामका लागि हामी किन कडाईका साथ जान सकेनौँ ? प्रदेश सरकारले पनि त्यतातिर ध्यान नदिएको हो कि ?

    केन्द्र, प्रदेश सरकार, सुरक्षाकर्मीहरूले त्यसमा ध्यान दिएको अवस्था छ । लकडाउनको समयमा जिल्लाभित्र नेपाल प्रहरीले ठुलो मेहनत गरेको छ । बोर्डर क्षेत्रमा प्रहरीको संख्या पर्याप्त मात्रामा छैन । पक्कै पनि बोर्डर नाकाको सुरक्षाको जिम्मेवारी लिएको अर्को सुरक्षा निकाय त्यहाँ छ । मान्छेको भेषभूषा र संस्कृति पनि उस्तै देखिने भएकोले हामीले भनेजस्तै ठ्याक्कै नियन्त्रण गर्न सक्ने अवस्था छैन ।{Risidhamala}

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑