वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा न ३ मोतिवागको बैद्यनाथ पुरका आगलागि पिडित मुसहर बस्तिमा पुर्न निर्माणको काम सम्पन्न भएको छ ।गत जेठ ३० गते आगलागि हुँदा सो क्षेत्रका मुसहर परिवारको घरवार उजाडिएको थियो । सो अवसरमा आगलागीबाट पिडित परिवारको पिडालाई सामाजिक अभियानता प्रकाश थारुले पहल चालेर विभिन्न संघ संस्था तथा समाजसेवीका साथै सहयोगहीहरुको सहयोगबाट उनिहरुको आवासको व्यवस्था गरिएको हो |
आगलागिबाट पिडित परिवारलाई अभियानता थारुले विभिन्न राहतको व्यवस्था गर्नुभएको थियो । अभियानता थारुले सामाजिक सञ्जालबाट सहयोगको आह्वान गरेपछि वीरगञ्ज ख्रिष्टियन मण्डलीका एल्डर प्रेम घिमिरे पनि राहत व्यवस्थापन तथा पिडितको आवास निर्माणमा जुट्नुभएको थियो ।
पोखरेली ख्रिष्टियन समुदायले पिडितको आवास निर्माणका लागि छाना छाउने जस्ता पता र ढोकाका साथै भाँडाकुँडा उपलब्ध गराएको थियो । त्यसैगरी रामजनम ठाकुर, डा. कृष्ण चन्द साह, गोमा कँडेल, चन्देश्वर सिँह, अर्जुन ढकाल, गोविन्द कोईराला, शान्ती लामा, भोर संस्था, धर्म सेवा संस्था जनकपुर लगायतका संघ संस्था तथा विभिन्न व्यक्तिहरुको सहयोगमा पिडितको आवास पुर्ननिर्माण कार्य समपन्न भएको हो ।विभिन्न संघ संस्था र समाजसेवीको सहयोगपछि बस्ने बासको पुर्न निर्माण सकिएपछि आगलागिबाट पिडित भएका हरुले खुशि व्यक्त गरेका छन् ।