बिरगंज ।श्री द्वार देबि माध्यमिक बिधालय अलौ पर्साको व्यवस्थापन समिति गठनको बिषयलाई लिएर पक्ष र बिपक्ष बीच मुड्भेड भएको समाचार प्राप्त भएको छ । पर्सा जिल्ला बिरगंज महानगर पालिका अलौ वडा न.१७ का वडा अध्यक्ष सुकरानी देबिको श्रीमान बिरेन्द्र यादव , देवर्क्बिजय यादब र छोरा सोनु यादबले व्यवस्थापन समिति
निर्वाचनको तस्वीरको लागि आयोजित सभाको तस्बिरहरु संकलन गर्ने क्रममा ABC tv का क्यामरा पर्सन कृष्ण यादव माथी हातपात भएको गरेको थियो ।
त्यसै क्रममा कृष्ण यादवको मोबाइल फुटेको छ ।तथाकथित नेता भनाउदाहरुले गरेको निन्दनिय कार्यको घोर भर्सना गर्दै पत्रकारलाई हातपात गर्ने दोसिलाई तुरुन्तै कार्वाही गर्नु पर्ने भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पुर्ण सन्चारकर्मी पुगेका थिए ।