आज:
  • होमपेज / Breaking News

    जागिर छाडेर कम्पनी खोल्दा हाकिमले के भने ?

  • वीरगंज संजाल
  • १६ श्रावण २०७७, शुक्रबार १२:२२
  • ४५३३

    अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अहिले विश्वका सर्वाधिक धनी व्यक्ति हुन् । उनै बेजोसले अमेजन कम्पनी स्थापनाकालका संघर्ष तथा आफ्नो व्यक्तिगत जीवनका विषयमा विभिन्न तथ्यहरुको खुलासा गरेका छन् ।अमेरिकी कंग्रेसमा भएको सुनुवाइका क्रममा उनले अमेजन कम्पनीको स्थापना गरी हालको अवस्थासम्म ल्याइपुर्‍याउँदासम्मको विगतसमेत कोट्याएका छन् ।न्युयोर्कस्थित एक इन्भेस्टमेन्ट कम्पनीको राम्रो पारिश्रमिक सहितको जागिर छाडेर सन् १९९४ मा बेजोसले अमेजन कम्पनी स्थापना गरेका थिए ।

    कांग्रेसको वाणिज्य तथा प्रशासनिक कानून सम्बन्धी उपसमितिमा दिएको बयानका क्रममा उनले भनेका छन्, ‘दशौँ लाख शीर्षकसहित अनलाइन बुक स्टोर स्थापना गर्ने अवधारणा जो त्यसअघि कहिल्यैपनि अस्तित्वमा थिएन मेरो लागि निकै उत्साहवर्धक थियो ।’आफ्नै कम्पनी स्थापना गर्ने सोँचका साथ उनले जागिरबाट राजीनामा दिन लागेको कुरा जब इन्भेस्टमेन्ट कम्पनीका आफ्ना हाकिमलाई सुनाए तब उनका हाकिम छक्क परे । अमेजन जस्तो कम्पनी खोल्ने कुरा कुनै राम्रो जागिर नभएको मानिसका लागि मात्र उपयुक्त हो सोचाई उनका हाकिमको थियो ।

    ‘जब मैले आफूले जागिर छाड्न लागेको कुरा हाकिमलाई बताएँ तब हाकिमले मलाई सेन्ट्रल पार्कमा लामो पैदल यात्रामा डुलाए । धेरै बेरसम्म मेरो कुरा सुनिसकेपछि उनले भने, ‘तिमीलाई थाहा छ जेफ, हुनत यो राम्रो आइडिया हो तर यो त्यस्तो मान्छेका लागि उपयुक्त हुन्थ्यो जो सँग राम्रो जागिर छैन ।’

    साथै उनका हाकिमले जागिरबाट राजीनामा दिने कुराबारेमा पुनर्विचार गर्न दुई दिनको समय दिए ।तर बेजोसले अमेजन कम्पनी स्थापना गर्ने दृढ निश्चय गरिसकेका थिए । उनी इन्टरनेट दौडमा सहभागी नहुँदाको पश्चाताप खेप्ने पक्षमा थिएनन् । उनलाई इन्टरनेटबाट हुने व्यवसायको ठूलो भविष्य छ भन्ने निश्चित भैसकेको थियो ।बेजोसले आफ्नो र आफ्नो अभिभावकहरुले समेत जीवनभर कमाएको बचत खर्चिएर अमेजन कम्पनी खडा गरे । बेजोस भन्छन्, ‘मेरा बुवाआमा अमेजन कम्पनी वा इन्टरनेटको किताब पसलको आइडियामा जुवा खेलिरहेका थिएनन् । उनीहरु आफ्नो छोरामाथि दाउ लगाइरहेका थिए । यस्तो दाउमा हार्ने सम्भावना ७० प्रतिशत छ भनेर मैले भन्दा पनि उनीहरुले दाउ लगाइछाडे ।’

    अमेजनमा लगानी गर्नका लागि मानिसहरुलाई सहमत बनाउन पनि उनलाई निकै कठिन भयो । पहिलो पटक १० लाख डलर लगानी उठाउन उनले लगातार ५० वटासम्म बैठक गर्नुपर्यो । उनका अनुसार त्यतिबेला सबैजसो मानिसले सोध्ने साझा प्रश्न थियो : यो इन्टरनेट भनेको के हो ?स्थापना भएदेखि सन् २००१ सम्म अमेजन कम्पनी घाटामै थियो । सन् २००१ को अन्त्यसम्ममा अमेजन कम्पनीको कूल घाटा ३ अर्ब डलर पुगेको थियो । तर सोही वर्षको चौथो त्रैमासिकमा अमेजनले पहिलोपटक मुनाफा कमाएको थियो । त्यसपछि भने अमेजन पछाडि फर्किनुपरेन ।अमेजनको सफलतामा आफूलाई धेरै व्यक्तिहरुले सुरुआतदेखि नै सहयोग गरेको र आफुसँगै जोखिम बहन गरेको बेजोसले बताएका छन् ।

    एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑