पर्सा ।पर्साको विरगंज चाइनाको उहांन जस्तै बन्दैगएको छ। 5 वटा शव परेको छ बेवस्थापनमा कठिनाइ । वीरगन्ज क्षेत्रमा कोरोनाका संक्रमितको संख्या ह्वात्तै बढेर मृत्यु हुने क्रम रहेको छ।पर्सामा आज फेरि ४६ जना नयाँ संक्रमित थपिएका छन्।
हरेक दिन कोरोनाका संक्रमित बढ्ने र मृत्यु हुने क्रम चलिरहेको पर्सामा कोभिड अस्पतालमा बिरामी नअटेपछि १ सय भन्दा बढि होम आइसोलेशनमा नै छोडिएको छ। संक्रमितहरुको अवस्था हेर्दा संक्रमण समुदायमा पुगिसकेको प्रष्ट छ।
५० बेडको कोभिड विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितको उपचार भइरहेको छ। तर पर्सामा संक्रमित भएर निको हुन बाँकी संक्रमितको संख्या १ सय ८४ छ।वीरगन्ज हेल्थ केयर हस्पिटल कोरोनाका संक्रमितको उपचार गर्ने हस्पिटल बन्ने भएको छ।